- संगालोखबर सम्वाददाता

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने सामाग्रीसहित चार जना पक्राउ परेका छन् । सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बि.क.लाई गएराती प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक तीन थान, मारेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक र छर्रासहित नियन्त्रणमा लिएको छ ।

बि.क.लाई भरुवा बन्दुकको नाल ५ थान, भरुवा बन्दुकको बट १ थान लगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरुसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनाविरुद्ध कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!