गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा आज एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला अस्पतालको ल्याबमा ९९ जनाको पीसीआर परीक्षण गर्दा २८ पुरुष र १६ महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

चौविसे गाउँपालिकामा मात्रै १६ जनामा संक्रमण भेटिएको छ । चौविसेको एकै वडाका १२ जनामा संक्रमण देखिएको हो । धनकुटा नगरक्षेत्रमा पनि १३ संक्रमित थपिएका छन् । छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा ३/३ जना तथा पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुँनेमा ८ महिनाकी नावालिकासमेत छन् ।

चौविसे गाउँपालिका–१ का ५१, ३४, ५०, ५१, ४६ र ७० बर्षीय पुरुष, १५, २२, २७, ४२, ३५ र ४० बर्षीया महिलामा संक्रमण देखिएको छ । चाविसे–६ का ५१ ४८ र ३९ बर्षीय पुरुष, चौविसे–७ का ४६ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । धनकुटा नगरपालिका–६ का २६ र ३८ बर्षीय पुरुष, २६, ३१ र ४६ बर्षीय महिला, धनकुटा–७ का ३० र ३४ बर्षीय पुरुष, ३७ बर्षीया महिला, धनकुटा–१ का २८ बर्षीय पुरुष, धनकुटा–२ का २८ बर्षीया महिला, धनकुटा–४ का ३०, ६४ बर्षीय पुरुष र धनकुटा–५ का २५ बर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

छथर जोरपाटी गाउँपालिका–६ का ३८ बर्षीय पुरुष, २८ बर्षीया महिला र ८ महिने नावालिकामा संक्रमण पुष्टि भएको छ । सहिदभूमि गाउँपालिका–१ का २८ बर्षीय पुरुष, २६ र ४९ बर्षीया महिलामा संक्रमण भेटिएको हो । साँगुरीगढी गाउँपालिका–१ का २३ बर्षीया महिला र पाख्रीवास नगरपालिका–१० का ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । धनकुटामै बस्दै आएका तेह्रथुमको लालिगुँरास–२ का २७, ३६, ५२, ४१, ३७, ३० र १८ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

योसँगै जिल्ला अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणका आधारमा धनकुटामा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि हुँनेको संख्या १५० पुगेको छ । जसमध्ये २५ जना कोरोनामुक्त भएका छन् । वाँकी अधिकांस संक्रमित होम आइसोलेशनमा छन् । धनकुटामा पहिलो चरणमा कोरोना संक्रमण पुष्टि हुँने धेरै संक्रमित विना लक्षणका थिए । तर, दोस्रो चरणमा नयाँ संक्रमण पुष्टि हुँने अधिकांसमा लक्षण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले जानकारी दिए ।

यो पनि हेर्नुहोस्…

धनकुटाका एमाले नेता चोङवाङ्गको कोरोना संक्रमणबाट निधन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!