- संगालोखबर सम्वाददाता

धरान । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई युवा संघ नेपाल धरान नगर समितिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संघको स्थापना दिवशको अवसर पारेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई माक्स, सेनिटाइजर र फेससिल्ड प्रदान गरिएको हो ।

Advertisement

प्रहरीका बिभिन्न युनिटहरुलाई १ हजार २ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर दिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय ३० थान माक्स, २३ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरिएको छ । त्यस्तैगरी, वडा प्रहरी कार्यालय धरानलाई १ सय थान माक्स, १० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर तथा अस्थायी प्रहरी कार्यालय धरान १५ लाई ८ थान फेससिल्ड र ८ थान सेनिटाइजर वितरण गरिएको युवा संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!