काठमाडौं । संसदवाट विश्वासको मत नपाएपछि पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शितलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
वैशाख २७ गते संसदमा भएको मतदानमा विश्वासको मत नपाएपछि ओली स्वतः पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले सरकार गठन गर्न दलहरुलाई बिहिबारसम्मको समय सिमा तोकेकी थिइन् । तर, कुनै दलबाट दावी नआएपछि ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।
आफू पदमुक्त हुनुअघिको मन्त्रिपरिषदका सबै सदस्यलाई ओलीले त्यसअघिको पुरानै मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् ।