संगालोखबर सम्वाददाता

विराटनगर । चीनले नेपाललाई १८ हजार अक्सिजन सिलिण्डर सहयोग स्वरुप प्रदान गरेको छ । नेपाल सरकारको पहलमा चीन सरकारले अक्सिजन सिलिण्डर प्रदान गरेको हो । सहयोग स्वरुप प्राप्त भएका सिलिण्डर नेपाल ल्याइदैछ ।

Advertisement

चीनले पठाएको सिलिण्डर आइतवार तातोपानी नाका आइपुगेको उपप्रधानमन्त्री इश्वर पोख्रेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जनाएका छन् । उनका अनुसार केही दिन भित्रै अक्सिजन सिलिण्डर काठमाडौं ल्याउँने तयारी भइरहेको छ ।

नेपालमा कोरोना संक्रमित बढेर अक्सिजन सिलिण्डर अभाव भइरहेका बेला चीनले ठूलो संख्यामा अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!