संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शनिवार ५९१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३१९ जनाको पीसीआर परीक्षण गर्दा २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनपालथान र रंगेलीमा ३–३, जहदा, बुढीगंगा र उर्लाबारीमा २–२, सुन्दरहरैचा, सुनबर्षी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगरमा ३०, विर्तामोडमा २९, दमकमा २६, कनकाईमा १७, अर्जुनधारामा १६, बुद्धशान्तिमा १४, कमल गाउँपालिकामा ८, कचनकवलमा ६, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा ४–४ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा १७, इटहरीमा ६, देवानगञ्जका ५, इनरुवामा ४, बर्जुमा ३, दुहवी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तैगरी ताप्लेजुङको श्रीजंगामा ११, भोजपुरको आमचोकमा ९ र भोजपुर नगरपालिकामा १, इलामको चुलाचुलीमा २, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, उदयपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३ हजार १९८ पुगेको छ । संक्रमित मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । आज १४५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार ७०८ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!