- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लामा कोरोना नियन्त्रणका लागि राष्ट्रसेवक कर्मचारीको तलब योगदान गर्न प्रस्ताव गरेका छन् । जिल्लामा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुलाई उनले एक दिनको तलब कोरोना नियन्त्रणका लागि उपलब्ध गराउँन प्रस्ताव गरेका हुन् ।

Advertisement

‘धनकुटा जिल्लामा पनि कोरोना संक्रमणको दर दिनानुदिन बढीरहेको छ । संक्रमितको उपचार र परीक्षणमा सहयोग गर्ने उद्धेश्यले धनकुटा जिल्ला स्थित राष्ट्रसेवक कर्मचारीहरुले १ दिनको तलब योगदान गर्नका लागि म यो प्रस्ताव गर्दछु,’ प्रजिअ दाहालले भनेका छन्, ‘यसको नेतृत्व कर्मचारी मिलन केन्द्र धनकुटाले लिन उपयुक्त ठान्दछु ।’

धनकुटामा कार्यरत कर्मचारीहरुले एक दिनको तलब दिँदा कम्तिमा १० लाख रकम संकलन हुँनसक्ने प्रजिअ दाहाल बताउँछन् । ‘कोरोना व्यापक फैलिएको छ । धनकुटामा पीसीआर परीक्षण खर्च धान्नै नसक्ने अवस्था हुन लागिसक्यो,’ प्रजिअ दाहालले संगालोखबरसँग भने, ‘सबै कर्मचारीले एक दिनको तलब दिँदा कम्तिमा १० लाख संकलन हुन्छ, त्यसले केही भएपनि राहत मिल्छ भनेर प्रस्ताव गरेको हुँ ।’

उनले आफ्नो प्रस्तावका विषयमा रचनात्मक टिप्पणी गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!