संगालोखबर सम्वाददाता

विराटनगर । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भारतको नयाँदिल्ली जानुअघि पूर्व प्रधानमन्त्री एवम् एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका छन् । बुधबार दिउँसो राजधानीको नर्भिक अस्पतालको बेडबाटै प्रेस वक्तव्य जारी गर्दै खनालले यस्तो अपिल गरेका हुन् ।

Advertisement

देशको विथोलिएको राजनैतिक अवस्थाले आफू चिन्तित भएको र दलहरुवीच भएको अन्तरसंर्घष देश, जनता, लोकतन्त्र विकास र समृद्धिका निम्ति दुर्भाग्यपुर्ण हुँने भन्दै खनालले पार्टीभित्रको अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो साँध्ने काम अन्त्य गर्न आग्रह गरेका छन् ।

सहिदहरुको बलिदान, हजारौं योद्धाहरुको रगत, कयौंको प्रयास, जेल र त्याग तपस्याका कारण एमाले हालको अवस्थासम्म आइपुगेको स्मरण गराउँदै उनले एकताले सफलताको बाटो र फुटले विनास निम्त्याउने उल्लेख गरेका छन् । ‘हजारौंको बलिदान र कयौंको त्यागले पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको वाहक बनोस भन्ने अपेक्षा राखेको तर जनताको अपेक्षा विपरित हामीमा देखिएको अनेकौं गलत प्रवृति, बदलाको भाव अनावश्यक इगोका कारण पार्टी गंभीर संकटमा छ,’ नेता खनालले वक्तव्यमा भनेका छन्, ‘रिस, राग अहंकार बदलाको भाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तरगत फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता तथा कार्यकर्तालाई विषेश आह्वान गर्दछु ।’

त्यस्तै उनले पार्टीलाई फुटतर्फ नधकेली धैर्य र संयमताका साथ एकता जोगाउन प्रयत्न गर्दा मात्रै सफल हुन सक्ने र सिंगो राष्ट्रको नेतृत्व गर्न सक्ने विचार व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!