एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘म माओवादीमै छु, आफ्नै साथीले झुटो प्रचार गरे’
कानेपोखरी । मोरङको कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर झुटो प्रचार गरिएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू माओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनमै रहेको र माओवादीमै गोलबद्ध हुन सबै शिक्षकलाई आव्हान...





























