एमाले निर्वाचन : ८० वटा विद्युतीय मेसिनबाट मतदान हुँदै

एमाले निर्वाचन : ८० वटा विद्युतीय मेसिनबाट मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । ८० वटा विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् । मंगलबार साँझबाट सुरु हुने भनिए पनि प्राविधिक समस्याका कारण आज बिहानबाट मतदान सुरु हुन लागेको...
धनकुटाको महालक्ष्मीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाको महालक्ष्मीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-८ स्थित चित्रेबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ कोपी चोकका ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस नगरापालिका-२ हुलाक टोलका ३१ वर्षीय तुलसी पौडेल छन् । मंगलबार साँझ शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४ सय ३० मिलिग्राम ब्राउन सुगर फेला परेको धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत...
एमाले महाधिवेशन : राति ८ बजेपछि मतदान सुरु हुने

एमाले महाधिवेशन : राति ८ बजेपछि मतदान सुरु हुने

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । दिउँसो २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म मतदान भएको छैन । विद्युतीय मेसिनमा उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले इन्ट्री गराउन समय लागेपछि मतदानमा ढिलाइ भएको जनाइएको छ । मेसिनमा उम्मेदवारहरूको फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको हो । अब छिटो गरी सुरु गर्दा पनि साँझ ८ बज...
सेयर बजार दोहोरो अङ्कले बढ्यो

सेयर बजार दोहोरो अङ्कले बढ्यो

विराटनगर । सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३७ अङ्कले बढेर २ हजार ६ सय १९ दशमलव ९९ विन्दुमा पुगेको छ । आज विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १ दशमलव ४९, अन्य समूहको १ दशमलव १५ प्रतिशतले बढेको छ । यस्तै स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन श्वेत-गङ्ग हाइड्र...
यी संस्थाले पाए निर्वाचन पर्यवेक्षणका लागि अनुमति

यी संस्थाले पाए निर्वाचन पर्यवेक्षणका लागि अनुमति

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले अनुमति पाएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई निर्वाचन आयोगले  पर्यवेक्षणको जिम्मेवारी दिएको हो । निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपछि कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त भएको थियो । यसमध्ये...
एमाले महाधिवेशन : कोशीबाट को-को छन् उम्मेदवार ? 

एमाले महाधिवेशन : कोशीबाट को-को छन् उम्मेदवार ? 

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशबाट उम्मेदवारी दिने नेताहरूको संख्या धेरै छ । मोरङका नेता गुरु बराल अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले पनि उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । ओली प्यानलबाट केन्द्रीय सदस्यको सूचीमा परेका आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै ईश्वर पोखरेल प...
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल 

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल 

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको छ । पाठक यसअघि थाइल्यान्डको महिला टोलीको प्रशिक्षक थिए । उनको नेतृत्वमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलको यात्रा गरेको थियो । नेपाली महिला राष्ट्रिय क्रिकेट टिम अहिले आईसीसी विमेन्स टी-२० ग्लोबल क्वालिफायर तयारी ...
धनकुटाको जितपुरबाट देखिएको मकालु हिमाल र अरुण उपत्यका (फोटो फिचर)

धनकुटाको जितपुरबाट देखिएको मकालु हिमाल र अरुण उपत्यका (फोटो फिचर)

धनकुटा । धनकुटा सदरमुकामबाट उत्तरपश्चिममा महालक्ष्मी नगरपालिकाको जितपुर बजार अवस्थित छ । यहाँबाट मकालु हिमाल र विश्वको सबैभन्दा होचो ‘अरुण उपत्यका’ को मनोरम दृष्य देख्न सकिन्छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
लागूऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय शिवकुमार विशंखे छन् । उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई सहिदभूमि-१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । विशंखेलाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा दुई ...
सुनको मूल्य १७ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १७ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तीन हजार आठ ...
विराटनगर आँखा अस्पताललाई धनकुटामा सम्मान

विराटनगर आँखा अस्पताललाई धनकुटामा सम्मान

धनकुटा । नेपाल नेत्रज्योति संघ धनकुटाद्वारा संचालित डा. रामप्रसाद पोखरेल आँखा अस्पतालले विराटनगर आँखा अस्पताललाई सम्मान गरेको छ । संघको पन्ध्रौ वार्षिक साधारण सभा तथा अस्पतालको बाह्रौं वार्षिकोत्सवको असरमा सोमबार सम्मान गरिएको हो । धनकुटा नगरपालिका-६ सल्लेरीमा रहेको रामप्रसाद आँखा अस्पतालको सेवा गुणस्तर वृद्धिका लागि सहयोग पुर्याएको भन्दै विराटनगर आँखा अस्पताललाई सम्मान गरिएको हो । विराटनगर आँ...
एमाले महाधिवेशन : ४ बजेपछि मतदान, मत हाल्न ३५ मिनेट लाग्ने

एमाले महाधिवेशन : ४ बजेपछि मतदान, मत हाल्न ३५ मिनेट लाग्ने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । विद्युतीय उपकरण मार्फत हुने मतदान दिउँसो ४ बजेपछि सुरु हुने जनाइएको छ । नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह चुनावी मैदानमा छन् । उम्मेदवारलाई उपकरणमा सूचीकृत गर्न अपराह्‍न चार बजेसम्म लाग्ने जनाइएको छ । त्यसपछि मतदान प्रक्रिया अघि बढ्ने छ । मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५ ...
धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । गत आर्थिक वर्षमा १० करोड ८९ लाख ३४ हजार दई सय ४७ रुपैयाँ पुँजी रहेकोमा सहकारीले चालु आर्थिक वर्षमा १७ करोड पुर्याएको छ । सहकारीमा पाँच सय ८४ महिला र छ सय ६६ पुरुष गरी जम्मा एक हजार ती...
प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार सत्यनारायण स्कुलमा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । यस्तै नगर सचिवमा राजेन्द्र प्रसाद शाह, सह-सचिवमा आर्यन कुमार कलवार, सुभास मण्डल र रोहित खतिवडा चयन भएका छन् । यसैगरी छात्रा प्रमुखमा पूजा पराजुली, सह-छात्रा प्रमुखमा...
मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-६ गैरीगाउँमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा-६ का २६ वर्षीय अतीत राई छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्...
त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन

त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन

विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरियास्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुद्रप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । २८ औं वार्षिक साधारण सभामा दुलाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा विमला बस्नेत थापा, सचिवमा बाबुकाजी थापा र कोषाध्यक्षमा लीलाराम बास्तोला चयन भएका छन् । सदस्यहरूमा कृष्णराज चौधरी, बन्दीका भट्टराई दाहाल, तुलसा न्यौपाने काफ्ले, ख्याम...
विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगर । विराटनगरमा तीन हजार किलो गाँजा जलाएर नष्ट गरिएको छ । तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा शनिबार जलाएर नष्ट गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म बरामद भएको गाँजा एकै स्थानमा संकलन गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका ...
धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार भएको शिविरमा एक हजार पाँच सय बढीको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँखा, जनरल मे...
मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरे छन् । आज बिहान दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणपछि हात्तीको बथान नजिकै रहेको उत्तरतर्फको चारकोसे जङ्गलतर्फ लागेको स्था...
नेपालको शैक्षिक अवस्था र सुधारका नवीन उपाय

नेपालको शैक्षिक अवस्था र सुधारका नवीन उपाय

यस लेखमा नेपालको शिक्षा प्रणालीको वर्तमान अवस्थाको गहन समीक्षा गर्न, प्रणालीगत कमजोरीहरू पहिचान गर्न र फिनल्याण्ड, सिङ्गापुर तथा दक्षिण कोरियाजस्ता सफल राष्ट्रहरूका नमुनाहरूको तुलनात्मक विश्लेषणको आधारमा २१ औं शताब्दीको आवश्यकता अनुरूप शिक्षालाई रूपान्तरण गर्नका लागि कार्यमूलक र नवीन नीतिगत उपायहरू प्रस्ताव गर्न कोसिस गरिएको छ ।  नेपालको शिक्षा प्रणालीको ऐतिहासिक सन्दर्भ र संवैधानिक जग नेपालले...
नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले सपथ लिएका हुन् । उनीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् । उनीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको ज...
सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको विभिन्न स्थानबाट प्रहरीले एक सय १० किलो चार सय ग्राम गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ६५ वर्षीय भीम लिम्बु र सोही स्थानका ३० वर्षीय ख्याम लिम्बुलाई पक्राउ गरेको हो । अन्य व्यक्तिहरू फरार रहेका सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका-१३ छोटी पुलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ...
कोशीमा धान उत्पादन घट्यो, गतवर्ष भन्दा १९ हजार मेट्रिक टन कमी

कोशीमा धान उत्पादन घट्यो, गतवर्ष भन्दा १९ हजार मेट्रिक टन कमी

विराटनगर । कोशी प्रदेशमा धान उत्पादन घटेको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा झण्डै २० हजार मेट्रिक टन धान उत्पादन घटेको हो । गतवर्ष प्रदेशभरि ११ लाख २२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष ११ लाख दुई हजार नौ सय ४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । यो गतवर्षको तुलनामा १९ हजार दुई सय ७२ मेट्रिक टनले कमी हो । गतवर्ष दुई लाख ७५ हजार दुई सय ६८ हेक्ट...
चौथो पटक मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

चौथो पटक मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागिएको छ । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने तय भएको छ ।
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-४ स्थित नोबेल अस्पताल नजिकबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका-७ का ५२ वर्षीय हबिब खाँ र हरिनगर-४ का ३० वर्षीय इरसाद आलम छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले हबिबको साथबाट १ सय ३१ ग्राम ब्राउन सुगर बरामद गरिए...
विराटनगरको बाल सुधारगृहबाट भागेकामध्ये तीन जना पक्राउ, चार जना अझै फरार

विराटनगरको बाल सुधारगृहबाट भागेकामध्ये तीन जना पक्राउ, चार जना अझै फरार

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहबाट भागेका एक बाल बिज्याइँकर्ता पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका-६ का १९ वर्षीय उनलाई आज बिहानको राति करिब १ः१५ बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई विराटनगर महानगरपालिका-४ स्थित कञ्चनबारी नजिकबाट पक्राउ गरिएको मोरङका निमित्त प्रहरी प्रमुख डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनु...
सुनको मूल्य एकैदिन ३५ सय रुपैयाँ बढ्यो, चाँदी हालसम्मकै उच्च

सुनको मूल्य एकैदिन ३५ सय रुपैयाँ बढ्यो, चाँदी हालसम्मकै उच्च

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय रुपैयाँले बढेर हालसम्मकै ...
कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ

कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ

विराटनगर । विराटनगरको कोशी अस्पतालबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-१ का २० वर्षीय मोहमद राजु छन् । उनलाई आज बिहान ४ः२५ बजे पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो । कारागारमा रहेक...
जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार एक सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ । आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ ...
श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । आज पार्टीको भेलालाई सम्बोधन गर्न धनकुटा आएका साम्पाङले यस्तो दाबी गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरे । देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै उनले आफूभन्दा देशभक्त देशमा कोही पनि नभएको उल्लेख गरे । पा...
धनकुटाको महालक्ष्मीमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाको महालक्ष्मीमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ स्थित जितपुरमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । स्वास्थ्य शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँ...
error: Content is protected !!