संगालोखबर


धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा जमरा राखिएको छ । मन्दिरको दशैं घरमा उत्तम साइत पारेर आज बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिएको हो । धनकुटा नगरपालिका-६ स्थित बीच बजारमा रहेको यस मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर जमरा राखिदै आएको छ ।

Advertisement

मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदभागवत् र अन्य देवी स्तोत्रको पाठपारायण समेत गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखी नवौदिनसम्म विभिन्न देवीदेवताको पुजाआरधना गरिने निशान मन्दिरका पुजारी रमेश नेपालले बताए ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता देवीको पुजा गरिन्छ । यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!