संगालोखबर


विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने भएको छ । आज बसेको महानगर कमिटीको बैठकले रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सञ्जाल निर्माण गर्ने निर्णय गरेको हो ।

महानगर भित्रका पार्टी सदस्यहरूलाई समेट्दै रक्तदाता सञ्जालको निर्माण गर्ने निर्णय भएको महानगरका सचिव बलराम गिरीले जानकारी दिए । महानगर र मातहतका कमिटीले प्रत्येक बैठक तथा कार्यक्रममा अनिवार्य रगत समूहको अभिलेख राख्नुपर्ने निर्णय पनि भएको उनले बताए ।

Advertisement

यस्तै बैठकले महानगर कमिटीका सदस्य सुदीप कोइरालालाई विराटनगर महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कमिटीको प्रवक्तामा नियुक्त गरेको छ । दोस्रो पूर्ण बैठक नबस्दा सम्मको लागि पार्टीका गतिविधिहरूलाई चलायमान बनाउन आजै महानगर कमिटी र टोल कमिटीका पदाधिकारीहरूलाई अभिमुखीकरण समेत दिइएको छ ।

केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे तथा प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज पर्शुराम बस्नेतले अभिमुखीकरणको सहजीकरण गरेका थिए । यसैगरी बैठकले दशैं, तिहार, नेपाल सम्वत्, छठ, इद लगायत चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदानको मिति पनि घोषणा गरेको छ ।

असोज १९ गते पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईको उपस्थितिमा शुभकामना आदान-प्रदान कार्यक्रम हुनेछ । महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले आफ्नो भनाइ राखेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!