संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैँचास्थित दुलारीमा भएको बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । केहीबेर अघि मे १ ख २६२८ नम्बर र को १ ख ७२१६ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार घटनाको थप विवरण आउन बाँकी छ । अहिले दुर्घटनाग्रस्त गाडीलाई पन्छाएर राजमार्ग सुचारु भइसकेको पौडेलले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीले केही समयमा विस्तृत जानकारी आउने बताए । घाइतेहरूलाई उद्दार गरेर अस्पताल पठाउने काम भइरहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!