अपडेट: धनकुटामा माइक्रोबस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ भैसेमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस आज बिहान करिब ६ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी संखुवासभाको सभापोखरी २ की ८२ वर्षीया सविना कालाखेतीको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी सदरकुमार थापा क्षेत्रीले जानकारी दिए ।
घाइतेहरूको धनकुटा...





























