इटहरीमा राजावादीका नाममा बम आतङ्क

इटहरीमा राजावादीका नाममा बम आतङ्क

सुनसरी । सुनसरीको इटहरीमा राजावादीको नाममा आज बम आतङ्क मच्चाइएको छ । इटहरी उपमहानगरपालिका कार्यालय, भोटेपुल र वुढी खोला पुलमा बम राखेको भनेर आतङ्क मच्चाइएको हो । विभिन्न ठाउँमा बम राखेको भन्दै प्रहरी कार्यालयको नम्बरमा म्यासेज आएको थियो । सोही बमोजिम इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी र...
सुरु भयो १२ औं भेडेटार फुड फेस्टिभल 

सुरु भयो १२ औं भेडेटार फुड फेस्टिभल 

धनकुटा । धनकुटाको भेडेटारमा आजबाट १२ औं फुड फेस्टिभल अर्थात् खाना महोत्सव सुरु भएको छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्‌घाटन गरेसँगै महोत्सव सुरु भएको हो । उद्‌घाटन समारोहमा बोल्दै मन्त्री मण्डलले प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को तयारी गरिरहेको बताए । पर्यटन क्षेत्रमा प्रदेश सरकारले विषेश प्राथमिकता दिएर काम गरिरहेको मन्त्री मण्डलको भनाइ थियो । ‘पर्यटकीय क्षेत...
ग्रामथानका अध्यक्ष भन्छन् : ‘मलाई पेलेर जान खोज्नु गलत हो, पेलेको सहन सक्दिनँ’

ग्रामथानका अध्यक्ष भन्छन् : ‘मलाई पेलेर जान खोज्नु गलत हो, पेलेको सहन सक्दिनँ’

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले आफूविरुद्ध गलत प्रचारबाजी भएको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले आफूले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई सोधेको स्पष्टीकरणको विषयमा गलत प्रचार भएको बताएका हुन् । उनले माटो उत्खनन रोक्ने विषयमा आफूलाई जानकारी नदिई प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्र काट्नु गलत भएको बताए । ‘गैरकानुनी उत्खनन कार्य रोक्...
मोरङको सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा वृद्धाको मृत्यु 

मोरङको सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा वृद्धाको मृत्यु 

विराटनगर । मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।  जङ्गलमा घाँसदाउरा लिन गएकी सुन्दरहरैँचा-५ की ६० वर्षीया चन्द्रकला लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार साँझ उनी घाँसदाउरा लिन जङ्गल गएकी थिइन् । उनी घर नफर्किएपछि खोज्न गएका स्थानीयले आज बिहान मृत भेट्टाएका थिए । ‘हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएको पुष्टि भएको छ’, जिल्ला प्रहरी कार्यालय मोरङका ...
धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

धनकुटा । धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौबिसे गाउँपालिका-२ का २५ वर्षीय मेख बहादुर लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको टोलीले सोमबार उनलाई नियन्त्रण लिएको हो । चौबिसे गाउँपालिका-६ राजारानीको मिकलुक होटलमा लगेर पुस ८ गते ...
मोरङको पथरीमा टिपर र हायस ठोक्किए 

मोरङको पथरीमा टिपर र हायस ठोक्किए 

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका नजिकै रहेको बक्राहा पुल छेउमा टिपर र हायस ठोक्किँदा दुर्घटना भएको छ । केहीबेर अगाडि भएको दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्र १-०२००१ क ५२२७ नम्बरको टिपर र बा ५ ख ५९८२ नम्बरको हायस ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहन बिक्रम दाहालले जानकारी दिए । ‘बाटो बन्ने क्रममा छ । दुर्घटनाको कारण खुलेक...
चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर । पाँचथरको फिदिममा सञ्चालित फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ५-४ गोलअन्तरले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिम २/२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज...
अवैध उत्खननलाई गाउँपालिका अध्यक्षको संरक्षण, रोक्न खोज्दा हाकिमलाई स्पष्टीकरण !

अवैध उत्खननलाई गाउँपालिका अध्यक्षको संरक्षण, रोक्न खोज्दा हाकिमलाई स्पष्टीकरण !

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएको छ । अध्यक्ष नमो नारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई लेखेको स्पष्टीकरणले यसको पुष्टि गरेको हो । गैरकानुनी उत्खनन भइरहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रहरीलाई पत्र लेखेका थिए । उनले उत्खनन रोक्न माग गर्दै प्रहरीलाई लेखेको पत्रमाथि अध्यक्षले स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष माझील...
पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय 

पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय 

इलाम । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा खानेपानीको हाहाकार छ । हिउँद लागेसँगै खानेपानी जोहो गर्न स्थानीयलाई धौ-धौ हुन्छ । पानी जोहो गर्दैमा उनीहरूको बिहान बित्छ । सल्लेरी गाउँमा ९० घरपरिवारको बसोबास छ । उनीहरू झिसमिसेकै डोकोमा गाग्री र बोतलहरू बोकेर पानी जोहो गर्न तर्फ लाग्छन् । सोही स्थानका पृथ्वी प्रसाद भण्डारीका अनुसार पानीको अभावले गाउँमा समस्या भएको छ । सरकारले ठूला आयोजना ल्याइदेला...
लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

झापा । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । झापा, सुनसरी र धनकुटाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । चेक जाँचको क्रममा झापा बुद्धशान्ति गाउँपालिका-४ का २१ वर्षीय पर्शुराम राईलाई २ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । सुनसरीको बराह...
खोटाङमा नाबालिकासँग विवाह गर्ने युवक र सहयोगी आफन्त पक्राउ

खोटाङमा नाबालिकासँग विवाह गर्ने युवक र सहयोगी आफन्त पक्राउ

विराटनगर । खोटाङमा आफन्तको घर हिँडेकी १३ वर्षीया नाबालिकासँग विवाह गर्ने र बालविवाह गराउन सहयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बाटोमा रोकेर ललाइफकाइ विवाह गर्ने उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । बालिकाको आफन्त पर्नेको संलग्नतामा पुस ८ गते २८ वर्षीय युवकसँग विवाह भएको थियो । विवाह गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउन...
धनकुटाबाट भरुवा बन्दुक बरामद

धनकुटाबाट भरुवा बन्दुक बरामद

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ गुराँसे डाँडाबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । हिजो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नारायण बहादुर थापाको घरबाट बन्दुक बरामद गरेको हो । प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले गोठमा राखेको अवस्थामा भरुवा बन्दुकसहित पाँच सय ग्राम बारुद र एक सय ५० ग्राम छर्रा पनि बरामद गरेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । थापा फर...
कोशी पर्यटन वर्षको तयारीमा जुट्यो प्रदेश सरकार

कोशी पर्यटन वर्षको तयारीमा जुट्यो प्रदेश सरकार

विराटनगर । प्रदेश सरकारले कोशी पर्यटन वर्ष २०८२ को तयारीलाई तिव्रता दिएको छ । पर्यटन वर्ष सफल बनाउँन विराटनगरमा आइतबार सचिवालय उद्‌घाटन गरेर काम अघि बढाइएको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सचिवालय उद्‌घाटन गरेका छन् । मन्त्री मण्डलकै संयोजकत्वको सचिवालयमा भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहलाई सह-संयोजकको जिम्मेवारी दिइएको छ । पर्यटन गतिविधिलाई अघि बढाउदै पर्यटक...
धनकुटामा मोबाइल किन्दा गणेशले पाए टिभी उपहार

धनकुटामा मोबाइल किन्दा गणेशले पाए टिभी उपहार

धनकुटा । धनकुटाको मदन चोकस्थित मानव मोबाइल पसलमा मोबाइल किन्दा तेह्रथुमका गणेश पौडेलले टिभी उपहार पाएका छन् । दशैं अफरमा मोबाइल किनेका पौडेलले गोला प्रथाबाट टिभी उपहार पाएका हुन् । तेह्रथुमको छथर जोरपाटी गाउँपालिका-१ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका पौडेलले १३ हजार मूल्य बराबरको स्मार्टफोन किनेका थिए । दशैंदेखि छठपर्वसम्म विभिन्न उपहारको अफर ल्याएको सो पसलले पौडेललाई कुपन प्र...
झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

धनकुटा । धनकुटाकी साहित्यकार झमक घिमिरेलाई नेपाली प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले नगदसहित सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच प्रलेस केन्द्रिय समितिले साहित्यकार घिमिरेलाई नगदसहित सम्मान गरेको हो । नेपाली प्रगतिशील बाङ्मयको उन्नयनमा योगदान पुर्याएको भन्दै साहित्यकार घिमिरेलाई सम्मान गरिएको प्रलेसले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरा...
ताप्लेजुङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

ताप्लेजुङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका दुई जिल्लाबाट नियन्त्रित औषधी तथा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो सुनसरी र ताप्लेजुङबाट प्रहरीले पक्राउ गरेको हो । हिजो राति अस्थाई प्रहरी पोष्ट श्याम चोकबाट खटिएको प्रहरी टोलीले धरान-१५ मिलन चोकबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । स्कुटरमा सवार सोही स्थानका २७ वर्षीय सञ्जीव गिरी र २३ वर्षीय रोजेश श्रेष्ठलाई स्पासपेन १२३ ट्याबलेट र लागूऔषध ट्रामाडोल ११७ ...
सोलुखुम्बुको तापक्रम माइनसमा झर्‍यो

सोलुखुम्बुको तापक्रम माइनसमा झर्‍यो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम सल्लेरीको तापक्रम माइनसमा झरेको छ । हावापानी मापन केन्द्रका अनुसार सल्लेरीमा हिजो बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको थियो । तापक्रम माइनसमा झरेसँगै स्थानीयको दैनिकी समेत प्रभावित बनेको छ । अहिले सल्लेरी क्षेत्रका  मानिस आगो तापेर बस्न थालेका छन् । चिसोले घरभित्र बस्नसक्ने अवस्था न...
ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङ । ताप्लेजुङमा माघेनी मेलाको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आठराई त्रिवेणी गाउँपालिका-४ चाँगेमा आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै पुस २५ गतेदेखि माघ १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । प्रतियोगिताको विजेता टो...
प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बाझियो राय

प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बाझियो राय

विराटनगर । प्रस्तावित विद्यालय शिक्षा विधेयक माथिको सुझाव सङ्कलनका क्रममा  सरोकारवालाहरूले आ-आफ्नै राय प्रस्तुत गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले विराटनगरमा प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि सुझाव सङ्कलन गर्ने क्रममा उनीहरूको राय बाझिएको हो । विषय विज्ञ डाक्टर विष्णु बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्दै अबको शिक्षा सीपमूलक र रोजगारीमूलक हुनुपर्ने सुझाव दिए ।...
ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स सञ्चालनमा आएसँगै तीर्थयात्रीलाई सहज भएको छ । दैनिक सयौँको संख्यामा पाथिभरामा तीर्थयात्री पुग्ने गरेका छन् ।  तीर्थयात्री र यस क्षेत्रको सुरक्षाका लागि तल्लो फेदी अर्थात काफ्लेपाटीमा पर्यटन प्रहरी हेल्प डेक्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । हेल्प डेक्स साउनमा स्थापना गरिएको हो ।  ‘चिसो पनि बढी हुने, ...
इलामको डेरी उद्योगमा आगलागी

इलामको डेरी उद्योगमा आगलागी

इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी भएको छ । सन्दकपुर-३ तालगाउँका ४४ वर्षीय सागर खतिवडाले आफ्नै घरमा सञ्चालन गर्दै आएको डेरी उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख बराबरको क्षति भएको छ । दुध तताउने क्रममा अचानक आगलागी हुँदा घरसहित अन्नपात, लत्ताकपडा र डेरी पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नि...
फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी एघारौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । न्यू रोड टिम (एनआरटी) लाई १–० गोलले हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । मच्छिन्द्रले भोलि चर्च ब्वाइज युनाइटेडसँग फाइनल खेल खेल्नेछ । मच्छिन्द्रका लागि खेलको १० औँ मिनेटमा दयानन्द इङलाबाङले गरेको गोल नै निर्णायक बनेको थियो । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद १० लाख ...
विकास पोद्दार स्मृति कोषबाट छात्रवृत्तिसहित दुई विद्यार्थी सम्मानित

विकास पोद्दार स्मृति कोषबाट छात्रवृत्तिसहित दुई विद्यार्थी सम्मानित

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ नयाँ बजार स्थित विकास पोद्दार स्मृति परिषदले दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विराटनगरको सेन्ट जोसेफ स्कुलका विनम्र घिमिरे र कटहरी गाउँपालिकाको भगवती आधारभूत विद्यालयकी आरुसी कामतलाई छात्रबृत्ति प्रदान गरेको हो । घिमिरेलाई २१ हजार र कामतलाई ११ हजार छात्रवृत्तिसहित सम्मान गरिएको परिषदका संरक्षक देवानन्द पोद्दारले बताए । कटहरी गाउँपालिका-४ का...
धनकुटाबाट ६ वर्षमा रोजगारीका लागि ५४ हजार विदेशिए

धनकुटाबाट ६ वर्षमा रोजगारीका लागि ५४ हजार विदेशिए

धनकुटा । धनकुटाबाट एक वर्षको अवधिमा छ हजार बढी वैदेशिक रोजगारीमा गएका छन् । आप्रवासी स्रोत केन्द्रले अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सरोकारवालाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा विदेशिनेको तथ्याङ्क सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८०/०८१ मा छ हजार तीन सय ५८ जना बैदेशिक रोजगारीमा गएका छन् । जसमा पुरुष पाँच हजार पाँच सय नौ र  महिला आठ सय ४९ जना रहेका छन् । केन्द्रको तथ्याङ्क अनुसार आर्थि...
मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाउँछु : उपकुलपति पोखरेल

मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाउँछु : उपकुलपति पोखरेल

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर वृद्धि गरी अन्तराष्ट्रिय  स्तरको बनाउन आफू तयार रहेको नवनियुक्त उपकुलपति डा. सुवासश्री पोखरेलले बताएका छन् । दोस्रो कार्यकालका लागि पुनः उपकुलपतिमा नियुक्त भएका पोखरेलले हिजो पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले यसका लागि आफूले तयार पारेको मिसन २०८५ लाई पुरा गर्ने बताए । हिजो पोखरेललाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कील...
सङ्खुवासभामा फल्यो ३४ करोडको सुन्तला

सङ्खुवासभामा फल्यो ३४ करोडको सुन्तला

सङ्खुवासभा । सङ्खुवासभामा सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको छ । केही वर्ष सुन्तलाको उत्पादन कम भएपनि यसवर्ष बढेको हो ।   कृषि ज्ञान केन्द्रका अनुसार यो वर्षको ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू गरी कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग र्पुयाएपछि उत्पादन बढ्न थालेको हो ।  गत वर्ष १९ करो...
धनकुटामा हायस दुर्घटना

धनकुटामा हायस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-३ निगालेमा हायस दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन् । आज दिउँसो १ बजेतिर तेह्रथुमबाट राजविराज तर्फ जाने क्रममा प्र २-०१-००१ ख ०३१० नम्बरको हायस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । २१ जना यात्रु सवार हायस दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । राजविराज नगरपालिका-७ का २१ वर्षीय...
अपडेटः भोजपुरमा स्कारपियो पल्टिँदा घाइते भएका घलेको मृत्यु, तीन जनालाई काठमाडौँ लगियो

अपडेटः भोजपुरमा स्कारपियो पल्टिँदा घाइते भएका घलेको मृत्यु, तीन जनालाई काठमाडौँ लगियो

भोजपुर । भोजपुरको बोखिममा स्कारपियो दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का ६५ वर्षीय झम्कबहादुर घले छन् । जिल्ला अस्पताल भोजपुरमा उपचारका क्रममा घलेको मृत्यु भएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर दिपक कुमार श्रेष्ठले जानकारी दिए । ‘घाइते मध्ये एक जनाको मृत्यु भयो, तीन जनालाई काठमाडौँ पठाइएको छ,’ इन्सपेक्टर श्रेष्ठले संगालोखबरसँग भने, ‘बा...
कोशीका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ

कोशीका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । हिजो झापा, मोरङ र सुनसरीबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलबाट लागूऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका-२ का ४६ वर्षीय जीत नारायण श्रेष्ठलाई चेकजाँचको क्रममा १ ग्राम २१ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लि...
शौच गर्न निस्किएकी युवतीलाई तीन किलोमिटर टाढा लगेर बलात्कार

शौच गर्न निस्किएकी युवतीलाई तीन किलोमिटर टाढा लगेर बलात्कार

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ की एक युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह र भारतको बिहार अररिया जिल्लाका १८ वर्षीय महमद गुल्जार छन् । गुल्जार कटहरी-२ मा बस्दै आएका थिए । पुस ९ गते कटहरी गाउँपालिका-२ कदमगाछी स्थित बाँसघारी नजिक युवती अर्धचेत अवस्थामा ...
खोटाङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु 

खोटाङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु 

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-३ मा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो काठमाडौंबाट बाक्सिला आउँदै गरेको ना १ ज ७१८१ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट पल्टिएको थियो । टायरमा बाँसको भाटो अड्किएपछि रोकेर निकाल्ने क्रममा आफैँ अनियन्त्रित भएर गाडी सडकबाट करिब दुई सय मिटर तल झरेको थियो । दुर्घटनामा केपिलासगढी-१ का ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको प्रहरीले ...
error: Content is protected !!