विराटनगर महानगरपालिकामा डिजिटल नागरिक बडापत्र
विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । आज मेयर नागेश कोइरालाले महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरे ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरिएको हो ...



























