ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ । ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले छात्रवृति प्रदान गरेको छ । रिड नेपालले विभिन्न सङ्कायअन्तर्गत उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । रीड नेपालका प्रबन्धक राजेन्द्र पन्तका अनुसार विभिन्न सङ्कायमा अध्ययनरत सात जना विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको हो...
सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिनुपर्नेमा जोड

सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिनुपर्नेमा जोड

विराटनगर । सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिनुपर्नेमा शिक्षकहरूले जोड दिएका छन् ।  सङ्घीय शिक्षा ऐनका विषयमा विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस विषयमा जोड दिएका हुन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आयोजना तथा नेपाल शिक्षक महासङ्घ मोरङको व्यवस्थापनमा कार्यक्रम भएको हो । अन्तरक्रियामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट शिक्षकका विभिन्न घटक संस्थाका अध्यक्ष, सचिव, महास...
भोजपुरमा स्कारपियो दुर्घटना हुँदा १० जना घाइते

भोजपुरमा स्कारपियो दुर्घटना हुँदा १० जना घाइते

भोजपुर । भोजपुरको बोखिममा आज बिहान स्कारपियो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बोखिमबाट चखेवा जाँदै गरेको प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कारपियो बिहान करिब ७ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी १० जना यात्रु घाइते भएको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दिपक कुमार श्रेष्ठले जानकारी दिए । ‘अहिले घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ,’ प्रहरी प्रवक्ता श्रेष्ठले सं...
चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

पाँचथर । चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पाँचथर सदरमुकाम फिदिममा जारी गोल्डकपमा विराटनगर सिटी फुटबल क्लबलाई ७-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल पुगेको हो । चर्च ब्वाइजका समीर तामाङ र विदेशी खेलाडी अरमान्डले ह्याट्रिक गरे । यस्तै फोफोनाले एक गोल गरे । विराटनगरका लागि सुमन चौलागाईँले सान्त्वना गोल गरे । चर्च ब्वाइजले भोलि हुने पहिलो सेमिफाइनलमा आयो...
धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न

धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न

धनकुटा । धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको सभाले विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका निर्णयहरू अनुमोदन गरेको छ । सभाले धनकुटा नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को संशोधित विनियोजन ऐन, दृष्टिबन्धक समस्या समाधान सम्बन्धी कार्यविधि, प्रज्ञा प्रतिष्ठान ऐन, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन, राजस्व ऐन, सवारी तथा याता...
सहिदभूमिमा नष्ट गरियो २१ हजार बोट गाँजा

सहिदभूमिमा नष्ट गरियो २१ हजार बोट गाँजा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा एकैदिन २१ हजार बढी गाँजाको बोट फडानी गरेर नष्ट गरिएको छ । हिजो इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २१ हजार पाँच सय गाँजाको बोट नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आफैँ उम्रिएको र अवैध रूपमा बारीमा लगाइएको गाँजा फडानी गरिएको हो । प्रहरी सहायक निरीक्षक जसबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले सहिदभूमि १ र ३ नम्बर वडाको करि...
ताप्लेजुङमा लोप भए झिँगटीले छाएका घर 

ताप्लेजुङमा लोप भए झिँगटीले छाएका घर 

ताप्लेजुङ । ताप्लेजुङमा झिँगटीले छाएका घर लोप हुन थालेका छन् । कालिगड अभाव र गाउँघर सम्मै विकासले फड्को मार्दा यस्ता घरहरू लोप हुँदै गएका हुन् । स्थानीय कला र वास्तुकलालाई समेटेर निर्माण गरिएका यस्ता घर आजभोलि देखिन छाडेका छन् । सिदिङ्वा गाउँपालिका-४ साब्लाखुका जुमप्रकाश गौतम उमेरले ९० वर्ष पुगे । उनले झिँगटी बनाउने र घरमा छानो लगाउने काम गरे । उनीसँगै काम गर्ने साथीहरूको निधन भइसक्यो । यसरी ग...
क्रिकेटर ललित राजवंशीलाई गृहनगर विराटनगरमा भव्य स्वागत

क्रिकेटर ललित राजवंशीलाई गृहनगर विराटनगरमा भव्य स्वागत

विराटनगर । क्रिकेटर ललित राजवंशीलाई गृहनगर विराटनगरमा भव्य स्वागत गरिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा धेरै विकेट लिएका उनलाई गृहनगरमा स्वागत गरिएको हो । राजवंशी हिजो साँझ विराटनगर आएका हुन् । उनलाई स्वागत गर्न कोशी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जयराम यादव, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका पदाधिकारी, विभिन्न खेलकुद सङ्घसंस्था र खेलकुद क्षेत्रमा सक्रिय व्यक्तिहरू लगायत विराटनगर ...
रास्वपा नेतृ तोसिमा कार्कीद्वारा धनकुटा अस्पतालको निरीक्षण

रास्वपा नेतृ तोसिमा कार्कीद्वारा धनकुटा अस्पतालको निरीक्षण

धनकुटा । पूर्व स्वास्थ्य राज्यमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा.तोसिमा कार्कीले आज बिहान धनकुटा जिल्ला अस्पतालको निरीक्षण गरेकी छन् । तेह्रथुम जाने क्रममा डा.कार्कीले धनकुटा जिल्ला अस्पतालको निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा डा.कार्कीले जिल्ला अस्पतालको अवस्थाका बारेमा अस्पताल प्रमुख डा.अमिताभ ठाकुरसँग जानकारी लिएकी छन् । अस्पताल प्रमुख डा.ठाकुरले दरबन्दी, रक्त सञ्चार केन्द...
शाकाहारी भोजन मात्रै खाने लिम्बू गाउँ, जहाँ मासु र मदिरा चल्दैन 

शाकाहारी भोजन मात्रै खाने लिम्बू गाउँ, जहाँ मासु र मदिरा चल्दैन 

इलाम । इलामको माङ्सेबुङ गाउँ, जहाँ लिम्बू समुदायको बाहुल्यता छ । किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवताले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ । यही गाउँमा मासु र मदिरा चल्दैन । शाकाहारी भोजन मात्रै चल्ने यो गाउँमा चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने यो गाउँका मानिसहरूले बाहिर जाँदा समेत निषेधित वस्तु सेव...
काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने

काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने भएको छ । काबेलीमा पक्की पुल सञ्चालनमा आएसँगै बेलिब्रिज फुङलिङ-ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी गरिएको हो । उत्तर-दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजना प्रमुख सिंहबहादुर विष्टका अनुसार बेलिब्रिज सार्नका लागि यसै साता टेन्डर खोल्ने तयारी छ । यसका लागि क्षेत्...
मोरङको कटहरीमा युवती बलात्कारको आरोपमा तीन जना पक्राउ

मोरङको कटहरीमा युवती बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ की एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । हिजो बिहान ती युवतीलाई कटहरी-२ मा ल्याएर बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । युवतीलाई बासँको झ्याङमा अचेत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले युवतीको उद्धार गरेर उपचारका लागि कोशी अस्पताल ल्याएको थियो । अहिले उनको उपचार भइरहेको छ । युवतीले दिएको बयानक...
फिदिममा सातौँ सुम्हालुङ मिनी म्याराथन हुँदै

फिदिममा सातौँ सुम्हालुङ मिनी म्याराथन हुँदै

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा ९ किलोमिटर लामो सुम्हालुङ मिनि म्याराथन हुने भएको छ । किराँत लिम्बू जातिको मौलिक पर्व चासोक तङनामको अवसर पारेर म्याराथन हुन लागेको हो । सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवम् विकास प्रतिष्ठानको आयोजनामा पुस १३ गते म्याराथन हुनेछ । आयोजकले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । सुम्हालुङ मन्दिरबाट सुरु हुने म्यारथन पाँचथर क्...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ 

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ 

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापा, मोरङ र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ । मे ७ प ४३८८ नम्बरको मोटरसाइकलमा सवार दमक-४ का २२ वर्षीय गोपाल श्रेष्ठलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस्...
धनकुटामा ट्रक दुर्घटना हुँदा चालक घाइते 

धनकुटामा ट्रक दुर्घटना हुँदा चालक घाइते 

धनकुटा । धनकुटा-४ स्कुलडाँडामा ट्रक दुर्घटना भएको छ । हिजो राति करिब साढे नौ बजेको समयमा हिलेबाट धरानतर्फ जाँदै गरेको ना ६ ख १६५९ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक छथरजोरपाटी गाउँपालिका-६ का ३३ वर्षीय प्रज्चल तामाङ घाइते भएका छन् । उनको कम्बरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गोलिया बोकेको ट्रक आफैँ...
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार षडानन्द नगरपालिका-२ का ३१ वर्षीय धर्मराज राईको मृत्यु भएको हो । ‘हिजो बेलुका ६ बजेतिर हामीलाई जानकारी आएको थियो’, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता इन्स्पेक्टर दीपक श्रेष्ठले संगालोखबरसँग भने, ‘आपसी विवादका कारण घटना भएको भन्ने छ ।’ मृतक राईको शव पोष्टमार्टमक...
क्यान्सर सर्भाइबरहरूका लागि ‘विजय सूचक घण्टी’ 

क्यान्सर सर्भाइबरहरूका लागि ‘विजय सूचक घण्टी’ 

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको रेवन्त-रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटमा ‘विजय सुचक घण्टी’ को उद्‌घाटन गरिएको छ । आज विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा एक कार्यक्रमका बीच ‘विजय सूचक घण्टी’ को उद्घाटन गरिएको हो। विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष इलिना कार्कीले उक्त घण्टीको उद्‌घाटन गरेका थिए । इस्टर्न क्यान्सर सर्भाइबर सपोर्ट ग्...
तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु

तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु

तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु भएको छ । तमोर नदीस्थित लुमुघाटमा १३ वर्षपछि पुलको पुनःनिर्माण सुरु भएको हो । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि पुल पुनःनिर्माण थालिएको जानकारी दिए । सडक विभाग मातहतको पुल सेक्टरले १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र न...
मोरङको कटहरीमा युवती बलात्कृत

मोरङको कटहरीमा युवती बलात्कृत

विराटनगर । मोरङको कटहरी-२ मा २३ वर्षीय युवती बलात्कृत भएकी छन् । आज बिहानको समयमा उनीमाथि बलात्कार भएको मोरङ प्रहरीले जनाएको छ । जहदा गाउँपालिका-३ घर भएकी युवतीमाथि कटहरी-२ मा बलात्कार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘युवती लडिरहेको अवस्थामा फेला पारेर उपचारका लागि कोशी अस्पताल ल्याइएको हो’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘अहिले उनको उपचार भइरहेको छ । केही ब...
धनकुटामा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव 

धनकुटामा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव 

धनकुटा । धनकुटाको कागतेमा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव सुरु भएको छ । समृद्धि युवा क्लबको आयोजनामा स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले महोत्सवको उद्‌घाटन गर्दै यसले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै कृषकहरूको आयआर्जनमा टेवा पुग्ने बताए । उनले स्थानीय पर्यटन प्रवर्द्धनका साथै फलफूलको बजार विस्तारमा महोत्सवले योग...
१२ औं भेडेटार फुड फेस्टिभल पुस १६ गतेदेखि 

१२ औं भेडेटार फुड फेस्टिभल पुस १६ गतेदेखि 

धनकुटा । धनकुटाको भेडेटारमा १२ औं फुड फेस्टिभल हुने भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनामा फेस्टिभल हुन लागेको हो । आज आयोजकले पत्रकार सम्मेलन गर्दै फेस्टिभल आगामी पुस १६ गतेदेखि १८ गतेसम्म हुन लागेको जानकारी दिएको छ । पूर्वको एक प्रमुख पर्यटकीय स्थल भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिभल हुँदै आएको छ । भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि फेस्टिभल आयो...
फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो

फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो

पाँचथर । त्रिभुवन आर्मी क्लब पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । टाइब्रेकरमा आयोजक फिदिम स्पोर्टिङ क्लबसँग ४-२ गोल अन्तरले पराजित हुँदै विभागीय टोली घर फर्किएको हो । निर्धारित समयमा बराबरीमा टुङ्गिएको खेल टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका तर्फबाट आशिष चापागाईँ, विशाल दर्जी, राम वाजी र निरोज लिङ्देनले गोल गरेका थिए । आर्मीका निरज कुमार घिसिङ र सन्तोष केसीले गोल गरेपन...
ताप्लेजुङमा सर्पले डस्दा एक जना घाइते 

ताप्लेजुङमा सर्पले डस्दा एक जना घाइते 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-२ मा सर्पले डस्दा एक जना घाइते भएका छन् । हान्द्रुङ स्थित कोठामा बस्दै आएका भारतको कोलकाता घर भएका १९ वर्षीय आर्फत आलीलाई सर्पले डसेको हो । सानिमा हाइड्रो पावरमा काम गर्ने उनलाई नाम नखुलेको सेतो रङको सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेश बस्नेतका अनुसार आलीलाई हिजो दिउ...
विराटनगर-१२ का वडाध्यक्ष बैंकिङ कसुरमा पक्राउ

विराटनगर-१२ का वडाध्यक्ष बैंकिङ कसुरमा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ का वडाध्यक्ष पक्राउ परेका छन् । उनलाई आज बैंकिङ कसुरमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । ‘उहाँको विरुद्धमा जहदा-३ का गुरु दयानन्द ठाकुर भन्ने व्यक्तिबाट बैंकिङ कसुरमा जाहेरी परेको थियो’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले संगालोखबरसँग भने, ‘कात्तिकमा मुद्दा दर्ता भएको थियो । मंसिर २५ मा जिल्ला अदालतबाट पक्राउपुर्जी जारी भएको थियो । त्यसकै आध...
विराटनगर फुटसल लिग : स्टार बोइज एफसी फाइनल प्रवेश

विराटनगर फुटसल लिग : स्टार बोइज एफसी फाइनल प्रवेश

विराटनगर । स्टार वोइज एफसी, विराटनगर फुटसल लिगको फाइनल प्रवेश गरेको छ । जेएनएल फुटसलमा आज भएको क्वालिफायर खेलमा अपटाउन एफसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै स्टार वोइजले फाइनलको यात्रा तय गरेको हो । क्वालिफायर खेलमा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । अब, स्टार बोइज एफसी फाइनल खेलमा उपाधिका लागि एबी ५ एफसीसँग भिड्नेछ । फाइनल खेल मंगलबार ६ बजेदेखि हुने आयोजकले जनाएको छ । फाइनल खेलबाट लिगको विजेत...
धनकुटामा बक्सिङ खेलाडीका लागि १ लाख बराबरको सामग्री प्रदान

धनकुटामा बक्सिङ खेलाडीका लागि १ लाख बराबरको सामग्री प्रदान

धनकुटा । धनकुटाका बक्सिङ खेलाडीहरूका लागि करिब एक लाख मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको छ । धनकुटा नगरको ५० हजार बजेट र स्थानीय युवाहरूबाट ५० हजार सङ्कलन गरी खेल सामग्री खरिद गरेर जिल्ला बक्सिङ सङ्घलाई उपलब्ध गराइएको हो । धनकुटामा आज कार्यक्रम आयोजना गरी पन्चिङ ब्याग, बक्सिङ ग्लोभ्स, हेड गियर लगायत सामग्री प्रदान गरिएको छ । सामग्री खरिदका लागि नगर कार्यपालिका सदस्य दिलकुमार राईले नगरको बज...
बुढासुब्वा गोल्डकपको २५ औँ संस्करण माघमा हुँदै

बुढासुब्वा गोल्डकपको २५ औँ संस्करण माघमा हुँदै

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गतेदेखि हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत आयोजक धरान फुटबल क्लबले प्रतियोगिता माघ १९ गतेदेखि २६ गतेसम्म हुने जनाएको हो । धरान उपमहानगरपालिका-१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लब सहभागी हुनेछन् । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भु...
सुनसरीको बराहक्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सुनसरीको बराहक्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई गएराति तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने ४४ वर्षीय मन बहादुर राई र ४२ वर्षीय राजेन्द्र राई पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सोही स्थानका ४० वर्षीय सुमन राईको भान्...
कोशीका भौतिक पूर्वाधार मन्त्री राईले सार्वजनिक गरे सय दिने प्रगति

कोशीका भौतिक पूर्वाधार मन्त्री राईले सार्वजनिक गरे सय दिने प्रगति

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आफ्नो एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री राईले उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री राईले स्थलगत सडक निर्माण अनुगमनदेखि पुल स्थानान्तरणसम्मको कार्यलाई प्रगतिको रूपमा राखेरका छन् । उनले प्रयोगविहीन तथा जीर्ण भएका झोलुङ्गे पुलहरू स्थानान्तरण गर्ने निर्णय भएको उल्लेख गरे । आफू ...
फाल्गुनन्द गोल्डकप : मछिन्द्र क्लबसँग झापा ५-० गोल अन्तरले पराजित

फाल्गुनन्द गोल्डकप : मछिन्द्र क्लबसँग झापा ५-० गोल अन्तरले पराजित

पाँचथर । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपमा झापा ११ विरुद्ध मछिन्द्र क्लबले ५-० गोल अन्तरको जित निकालेको छ । खेलमा एकोहोरो हावी भएको मछिन्द्रले झापाविरुद्ध गोलको वर्षा गर्दै जित निकालेको हो । खेलमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको सामु झापा ११ निरिह देखिएको थियो । खेलको पहिलो हाफको १९ औ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले झापाविरुद्ध पहिलो गोल गरेका थिए । त्यसपछि उत्सव राईले अर्को गोल थपे । विजु भु...
विराटनगर फुटसल लिग : सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश

विराटनगर फुटसल लिग : सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश

विराटनगर । विराटनगर फुटसल लिगमा सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश गरेको छ । जेएनएल फुटसलमा जारी लिगका खेलहरूमा उत्कृष्ट प्रर्दशन गर्दै एबी ५ एफसी उपाधि नजिक पुगेको हो । उसले अपटाउन एफसीलाई ४-१ ले पराजित गरेको छ । लिगको दशौं तथा अन्तिम चरणका रोमाञ्चक खेलहरूमा एबी ५ एफसीले आफ्नो सानदार प्रदर्शनलाई कायमै राखेको छ । लिगमा विराटनगर स्पोर्ट्स एकेडेमीले स्टार ब्वाइज एफसीलाई ३-२ को फराकिलो अन...
error: Content is protected !!