विराटनगरबाट औषधीसहित दुई जना पक्राउ
विराटनगर । विराटनगर-१० संसारी माइस्थानबाट औषधीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जोगबनीबाट आएको बीआर ३८ ए एल ४६३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिल बिनाको औषधी फेला पारेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
विराटनगर-१४ का किसन चौधरी र भारतको अररिया जिल्लाका २२ वर्षीय प्रविन कुमार सहानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दि...






























