खोटाङमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला, नजिकै पुरुष पनि मृत भेटिए
विराटनगर । खोटाङको बराहपोखरी गाउँपालिका-१ डाँडाखर्कमा एक विवाहित महिला र एक पुरुष जङ्गलमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार अन्दाजी २० वर्षीया सरिता विष्ट र अन्दाजी २० वर्षीय शिखर बस्नेत मृत फेला परेका हुन् ।
गाउँ नजिकै रहेको दारेगौडा जङ्गलमा आज बिहान करिब ६ बजे स्थानीयले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘सरिताको धारिलो हतियार...


























