झुम्का कारागारबाट फरार कैदी धनकुटामा पक्राउ
विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी धनकुटाबाट पक्राउ परेका छन् । कर्तव्य ज्यान, जबरजस्ती र चोरी मुद्धामा कारागार चलान भएका चौबिसे गाउँपालिका-२ धारापानीका ४६ वर्षीय रमेश पाङ्मी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रहरी चौकी मुढेवासबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएको हो ।
२० वर्ष कैद र एक लाख ३०...




























