सुनसरीको लौकहीमा प्रदर्शन जारी, सशस्त्रको बीओपीमा पनि आक्रमण
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ लौकहीमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । गएराति सशस्त्र प्रहरीले चलाएको गोली लागेर सिटी सफारी चालक ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजमार्ग नै अवरुद्ध गरेर प्रदर्शन गरेपछि चतरा हुँदै सवारी-साधन डाइभर्ट गरिएको छ । घटनाका बारेमा जिल्ला प्रशासन कार्यालय इनरुवामा केही बेर अघिबाट छलफल सुरु भएको छ । छलफलमा प्रशासन र...































