इटहरीमा तरकारी लोड भएको ट्रकबाट २१ क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट प्रहरीले तरकारी बोकेको ट्रकबाट २१ सय किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभुमि गाँउपालिका-६ का ३२ वर्षीय राजेन्द्र राई र ट्रकमा सवार सोही स्थानका ३३ वर्षीय सुनिल राई छन् ।
आज बिहानको राती १ः३० बजेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरे...






























