यी हुन धनकुटा दुर्घटनामा घाइते हुने १३ जना (नामावलीसहित)
धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा भएको पिकअप दुर्घटनामा घाइते हुनेको संख्या १३ पुगेको छ । आज बिहान करिब १०ः३५ बजे को २ च २३०९ नम्बरको पिकअप दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
धनकुटा-८ का ४५ वर्षीया रेनुका राई, सोही स्थानका ९० वर्षीय हर्कलाल राई, वडा नम्बर ७ का ३८ वर्षीय जितबहादुर राई र सोही स्थानका ६२ वर्षीय ...




























