मोरङमा निर्वाचन सामग्रीको तयारी अन्तिम चरणमा
विराटनगर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङमा आवश्यक सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङका ६ वटै क्षेत्रलाई आवश्यक पर्ने निर्वाचन सामग्री तयारीको काम अन्तिम चरणमा पुगेको हो ।
यतिखेर प्रदेश निर्वाचन कार्यालयका कर्मचारीहरू निर्वाचन सम्बन्धी कागज तथा अन्य सामग्रीहरू पोको बनाउने काममा व्यस्त छन् । जनशक्ति अभावका कारण अन्य कार्या...































