सुनसरीमा भारतीय कारभित्र भेटियो ३४० किलो गाँजा
विराटनगर । सुनसरी प्रहरीले भारतीय कारबाट गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १ः४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बराहक्षेत्र नगरपालिका-५ विशाल चोकमा गाँजा ओसार-पसार भइरहेको सूचना प्राप्त भएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले कारभित्रबाट ३४० किलो गाँजा बरामद गरेको हो ।
धरान...































