धनकुटाको निशान भगवती मन्दिरमा राखियो सामूहिक जमरा
धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा सामूहिक जमरा राखिएको छ । आज बिहान ९ बजेर १३ मिनेटको उत्तम साइत पारेर मन्दिरको दशैँ घरमा जमरा राखिएको हो ।
धनकुटा नगरपालिका-६ बिच बजारमा रहेको यस मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर जमरा राखिँदै आएको छ । मन्दिरमा घटस्थापनाको दिन विधिपूर्वक धान, जौ र मकैको जमरा राखिएको छ ।
आज राखिएको जमरा दशैँको टीकाको दिन देवीको प्रसादको रूपमा ग्रहण गर्ने चलन छ । मन्दिरमा ...






























