इटहरीको न्यू पूर्वाञ्चल आइसक्रिम क्याफेमा भीषण आगलागी
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित न्यू पूर्वाञ्चल आइसक्रिम क्याफे र कफी सपमा भीषण आगलागी भएको छ । आज बिहान १० बजेबाट सुरु भएको आगलागी करिब ११ बजे नियन्त्रणमा आएको छ ।
‘भित्र मर्मतको कामहरू हुँदै रहेछ । बिल्डिङको काम गर्दा विद्युत सर्ट भएर आगो लागेको भन्ने कुरा आएको छ’, इलाका प्रहरी कार्यालय सुनसरीका डीएसपी सुवास हमालले संगालोखबरसँग भने, ‘अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।’...































