मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जाेड
विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएका छन् ।
इन्सेक र दलित महिला संघ (फेडो) को आयोजनामा विराटनगरमा आज आयोजित `दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका´ विषयक कार्यक्रममा पोखरेलले समाजमा विभेदका घटनाहररू रहेसम्म मानवअधिकार हननका घटना ह...































