एसईई दिने विद्यार्थीहरूको बिदाई
विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा १० का ५० जना विद्यार्थीहरूको बिदाई गरिएको छ । चैत १९ गतेबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुने विद्यार्थीहरूको बिदाई गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, शिक्षकहरू दिनेश बिष्ट, नवराज सुवेदी, बद्री पौडेल लगायतले विद्यार्थीहरूलाई उच्च मनोब...





























