अवरुद्ध भएको लामो समयपछि खुल्यो खाँदबारी-किमाथांका सडक
संखुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको दुई महिनापछि खुलेको छ । भोटखोला गाउँपालिकाको समटार र अल्फाटे क्षेत्रमा गएका ठूला पहिरोका कारण भदौ १५ देखि सडक अवरुद्ध सडक शुक्रबारबाट सञ्चालनमा आएको हो ।
लामो समयको निरन्तर प्रयास र सडक मर्मतपछि सडक पुनः सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ । आयोजनाका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र योजनाको संयुक्त प्...































