कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना
विराटनगर । कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको हो ।
महाशाखाले मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । मधेश, कर्णाली र ...




























