नेपाल राष्ट्रिय शिक्षक संगठन छथरको अध्यक्षमा अधिकारी
धनकुटा, २४ भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठन छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा लोकबहादुर अधिकारी निर्वाचित भएका छन । संगठनको प्रथम अधिवेशनले अधिकारीको अध्यक्षतामा समिति निर्माण गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, महिला उपाध्यक्षमा तुलसा ओझा, सचिवमा वेगबहादुर सिजाली र सह–सचिवमा कमला नेपाल, कोषाध्यक्षमा रामबहादुर अधिकारी र सह–कोषाध्यक्षमा सूर्यकुमारी थापा चयन भएका छन ।
...





















