धनकुटा तनावग्रस्त, आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप, प्रहरीको गाडी तोडफोड

धनकुटा तनावग्रस्त, आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप, प्रहरीको गाडी तोडफोड

धनकुटा, ४ माघ। धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप भएपछि आज बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । सरस्वती चौक र मदनचौकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ । बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चौकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप भएको हो । शसस्त्र प्रहरीले आन्दोलनकारीमाथी लाठीचार्ज गरेको छ । आक्रोसित प्रदर्शनकारीले मदनचौकमा प्...
आर्थिक वर्षको ६ महिनामा १४ अर्ब राजस्व संकलन

आर्थिक वर्षको ६ महिनामा १४ अर्ब राजस्व संकलन

विराटनगर, ४ माघ। बाढीले भाँसिएको भारतीय पुलले विराटनगर भन्सार कार्यालयको प्रभावित भएको राजस्व असुली पछिल्लो चार महिनामा लय समातेको छ । साउनको अन्तिम साताको बाढीले सीमावर्ती जोगबनी–बथनाहाको मध्यभागमा रहेको मीरगञ्ज पुल भाँसिदा साउन र भदौमा राजस्व असुली प्रभावित भएको थियो । भारत र तेस्रो मुलुकबाट आयात हुने वस्तु रि–रूट हुँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित भएको थियो । विराटनगर भन्...
खोटाङका चार साना उद्यमी सम्मानित

खोटाङका चार साना उद्यमी सम्मानित

खोटाङ, ४ माघ। लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् । स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने चारजना उद्यमीलाई घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले बुधबार सम्मान गरेको हो । विसं २०४२ देखि निरन्तर दिक्तेलमा साना किसान ...
सरकारको निर्णय बिरुद्ध धनकुटामा मसाल जुलुश

सरकारको निर्णय बिरुद्ध धनकुटामा मसाल जुलुश

धनकुटा, ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा मसाल जुलुश प्रदर्शन गरिएको छ । सरकारी निर्णय प्रति बिरोध जनाउँदै जुलुश प्रदर्शन गरिएको हो । भीमनारायण चौकबाट सुरु भएको मसाल जुलुश बीचबजार, परिचयमोड, हुलाकटोल हुँदै मदनचौकमा पुगेको थियो । सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद, धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर जस्ता नारा ...
धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै सरकार बिरुद्ध प्रदर्शन

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै सरकार बिरुद्ध प्रदर्शन

धनकुटा, ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । सरकार बिरुद्ध नाराबाजी गर्दै धनकुटेलीले जिरोपईन्टमा देउवाको पुत्ला जलाएका हुन् । सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद जस्ता नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको हो । सरकारले धनकुटा आन्दोलनको विरुद्धमा निर्णय गरेकाले अव आन्दोलन श...
धनकुटेलीद्धारा सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

धनकुटेलीद्धारा सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । बजारबाट जुलुशसहित क्षेत्रीय प्रशासन पुगेका जिल्लाबासीले प्रहरीको सुरक्षा घेरा तोड्दै कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीलाई कार्यालय बाहिर निकालेर तालाबन्दी गरिएको हो । तालाबन्दीका लागि प्रदेशसभाका सांसद निरन राई, ईन्द्रमणी पराजुली लगायतको...
नवीकरणबाट एक करोड राजश्व

नवीकरणबाट एक करोड राजश्व

भद्रपुर, ३ माघ। घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ । उत्पादन, सेवा, कृषि तथा वन्य जन्तु र पर्यटन किसिमका उद्योगबाट रु २५ लाख ३३ हजार था वाणिज्य प्रशासनतर्फ रु ९४ लाख ६६ हजार राजस्व संकलन भएको उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो । प्रथम चौमासिकको चार महिनाको अवधिमा ३२...
आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, स्थिती तनावपूर्ण (भिडियोसहित)

आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, स्थिती तनावपूर्ण (भिडियोसहित)

धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच आज झडप भएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाईते भएका छन् । झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठको टाउको फुटेको छ भने अजित पाख्रीनको हातमा चोट लागेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिए । प्रहरीले सुरक्...
पसलमा आगलागी हुँदा ४० लाख क्षति

पसलमा आगलागी हुँदा ४० लाख क्षति

विराटनगर, ३ माघ।  विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ । विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ । आज बिहान ५ बजेतिर आगलागी भएकोे र आगोलागीमा परी अनुमानित रु ४० लाख मूल्य बराबरको धनमाल क्षति भएको वडा प्र...
धनकुटामा मोटरसाईकल तोडफोड

धनकुटामा मोटरसाईकल तोडफोड

धनकुटा, ३ माघ । बन्द अवज्ञा गरेको भन्दै आज धनकुटामा एउटा मोटरसाईकल तोडफोड गरिएको छ । धनकुटा–६ स्थित आत्मारा ढाटमा को.२६ प ५६११ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आज देखि पुनः अनिश्चितकालिन आमहड्ताल आवहन गरिएको हो । आमहड्तालका कारण बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित बनेको छ ।
आमहड्तालले धनकुटाको जनजीवन प्रभावित

आमहड्तालले धनकुटाको जनजीवन प्रभावित

धनकुटा, ३ माघ। धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आजदेखि पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आमहड्ताल आवहन गरिएको हो । आमहड्तालका कारण यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना, शिक्षणसस्था लगायत ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बिहानैदेखि लामो तथा छोटो दुरीका ...
पञ्चकन्या माईले शेयर निष्काशन गर्ने

पञ्चकन्या माईले शेयर निष्काशन गर्ने

इलाम, ३ माघ। इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यही माघ ५ गतेदेखि स्थानीयवासीका लागि शेयर निष्कासन गर्ने भएको छ । इलाममा निर्माण सम्पन्न भएको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताउनुभयो...
बुढासुब्बा गोल्डकप माघ २० देखि

बुढासुब्बा गोल्डकप माघ २० देखि

धरान, ३ माघ। पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता बनेको बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघ २० देखि धरान रंगशालामा हुने भएको छ । प्रतियोगितामा यसपालि दुई दशक पुगेको अवसरमा पुरस्कार राशि वृद्धि गरिने आयोजक क्लबले जनाएको छ । कुल पुरस्कार ११ लाख ७७ हजार रुपैयाँ राशि रहेको छ । आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु भएसँगै पुरस्कार राशिमा केही रकम वृद्धि गर...
धनकुटामा पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा

धनकुटामा पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा

धनकुटा, २ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै बुधबारदेखि पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटामा राजधानी तोक्न सरकारले आनाकानी गरेको भन्दै आमहड्ताल घोषणा गरिएको हो । मंगलबारसाँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म हड्ताल जारी राख्ने निर्णय गरेको आन्दोलन परिचालन समि...
धनकुटेलीद्धारा क्षेत्रीय प्रशासनमा धर्ना

धनकुटेलीद्धारा क्षेत्रीय प्रशासनमा धर्ना

धनकुटा, २ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले आज क्षेत्रीय प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् । आन्दोलन परिचालन समितिको आवहनमा क्षेत्रीय प्रशासन पुगेका जिल्लाबासीले दिउँसो २ देखि ४ बजेसम्म धर्ना दिदै राजधानी घोषणाको माग गरेका हुन् । धर्नाका लागि मदनचौकबाट जुलुशसहित सयौंको संख्यामा जिल्लाबासी क्षेत्रीय प्रशासन कार्यालय पुगेका थिए । धनकुटालाई राजधानी...
जनप्रतिनिधिका अगाडि समस्यै समस्या

जनप्रतिनिधिका अगाडि समस्यै समस्या

तेह्रथुम, २ माघ। जिल्लामा स्थानीय तह गठन भएपछि पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि अहिले पनि चुनावमा मतदातामाझ खाएका वाचा पूरा गर्नतर्फ केन्द्रित हुन सकेका छैनन् । नयाँ संरचनाको स्थानीय सरकारमा पुगेका जनप्रतिनिधिलाई दैनिक कार्य सञ्चालनमा केन्द्रित हुनै मुस्किल भएको छ । जनप्रतिनिधिका सामुन्ने कार्यालय व्यवस्थापनदेखि जनशक्ति अभाव, आवश्यक स्रोत साधनको कमी, ऐन, नियम र कार्यविधि निर्माणमा ढिलाइ,...
धनकुटामा राजधानी माग्दै क्षेत्रीय प्रशासन घेराउ गरिने

धनकुटामा राजधानी माग्दै क्षेत्रीय प्रशासन घेराउ गरिने

धनकुटा, २ माघ । प्रादेशिक राजधानीको माग राख्दै विगत पॉच सातादेखि आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज पनि आन्दोलनलाई जारी राखेका छन् । आज अपरान्ह १ बजेदेखि क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गरिने आन्दोलन परिचालन समितिले जनाएको छ । सरकारले आज प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्दै दवाव दिने उदेश्यले घेराउ गरिने आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जान...
पाँच घर आगलागी हुँदा १७ लाखको क्षति

पाँच घर आगलागी हुँदा १७ लाखको क्षति

गाईघाट, उदयपुर, २ माघ। उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो । विकको घरबाट शुरु भएको आगो अन्य पा...
छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी नै उपहार

छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी नै उपहार

भद्रपुर, २ माघ।  झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ । विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्...
माईखोलामा मेला शुरू, भारतबाट समेत मेला भर्न आए

माईखोलामा मेला शुरू, भारतबाट समेत मेला भर्न आए

इलाम, २ माघ। माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् । यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ तथा सीमावर्ती भारतको दार...
प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

भोजपुर, २ माघ।  प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो । मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीक...
जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)

जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)

धनकुटा, १ माघ । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा सोमबार मगर समुदायको मौलिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मौलिक सँस्कृतिको माध्यमवाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मगर संघ महालक्ष्मी नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका ९ समुह सहभागि प्रतियोगितामा मगर संस्कृतिमा आधारित मौलिक नृत्यसंगै मयुर नाचसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा दोहोरी गायक प्रसाद खप्तरी मगर र लोकगायिका...
लेगुवामा मकर मेलाको रमझम (फोटो फिचरसहित)

लेगुवामा मकर मेलाको रमझम (फोटो फिचरसहित)

धनकुटा, १ माघ । लेगुवाको राम बजार स्थित अरुण नदी किनारमा पनि आज मकर मेला लागेको छ । अरुण नदीमा बिहानै देखि मकर नुहाउँनेको भीड लागेको स्थानीय ब्यवसायी तेज प्रसाद पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । प्रत्येक वर्ष माघे संक्रान्तिको दिन उक्त स्थानमा मेला लाग्दै आएको छ । तस्वीरहरु हेर्नुहोस्... तस्वीरहरु : तेज प्रसाद पौडेल
धनकुटाका विभिन्न स्थानमा मकर मेलाको रौनक

धनकुटाका विभिन्न स्थानमा मकर मेलाको रौनक

धनकुटा, १ माघ । मकर संक्रान्तिको अवसरमा आज धनकुटाका विभिन्न स्थानमा विशेष मेला लागेको छ । भीरगाउँको मधुगंगा, बाघे खोला स्थित धर्मगंगा, लेगुवाको राम बजार स्थित अरुण नदी किनार लगायत स्थानमा मेला लागेको छ । मुलघाटस्थित तमोर नदीमा मकर स्नान गर्नेको बिहानैदेखि घुईचो छ । नदीमा स्नान गरेर विश्रान्ति मन्दिरमा पूजा गर्ने चलन रहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए । य...
बाढी पीडितका लागि ४९९ टहरा निर्माण

बाढी पीडितका लागि ४९९ टहरा निर्माण

पथरी, मोरङ, १ माघ।  साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ । झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार...
कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

सप्तरी, १ माघ।  हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ । आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ । उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिलाको सप्तकोशी नदीमा नुहाउनका लागि भीड लागे...
धनकुटा महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी एवं ब्यापार मेला हुँने

धनकुटा महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी एवं ब्यापार मेला हुँने

धनकुटा, १ माघ । धनकुटामा माघ अन्तिमदेखि धनकुटा महोत्सव तथा १ नम्बर प्रदेश स्तरीय औधोगिक प्रदर्शनी तथा ब्यापार मेला हुँने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा माघ २९ देखि फागुन १० गतेसम्म महोत्सव तथा औधोगिक प्रदर्शनी तथा ब्यापार मेला गर्ने निर्णय भएको हो । महोत्सवका लागि उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै १४ वटा उप–समि...
जीतपुरमा वसन्त पञ्चमी मेला लाग्ने

जीतपुरमा वसन्त पञ्चमी मेला लाग्ने

धनकुटा, ३० पुस । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा बसन्त पञ्चमी मेला लाग्ने भएको छ । वसन्त पञ्चमीको अवसर पारेर जीतपुर बजार ब्यवस्थापन समिति र गाउँ खेलकुद विकास समितिले माघ ६ देखि ८ गतेसम्म तीन दिने मेला आयोजना गरेको हो । मेलामा साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, कृषि मेला प्रदर्शनी, भलिवल प्रतियोगिता लगायत हुने कार्यक्रम संयोजक कुसुम तुम्वाले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार मेलाको...
संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

संखुवासभा, ३० पुस। संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जाेशीले बताए ।   अहिले जिल्ला प्...
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

इलाम, ३० पुस । इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो ।  आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ । करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएक...
झापा जेसिज अध्यक्षमा ढुंगेल निर्वाचित

झापा जेसिज अध्यक्षमा ढुंगेल निर्वाचित

भद्रपुर, ३० पुस । भद्रपुर जेसिजको अध्यक्षमा सोमप्रसाद ढुंगेल सर्वसम्मत निर्वाचित भएका छन् । वर्ष २०१७ मा जेसिजको जनसम्पर्क अधिकारीको जिम्मेवारी सम्हाली सक्नुभएका ढुंगेललाई चन्द्रगढीमा शनिबार सम्पन्न भएको जेसिजको ४४औँ वार्षिक साधारणसभाले वर्ष २०१८ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिर्जना उप्रेती प्रसाईं र जुनेस राउत सर्वसम्मत निर्वाचित हुनुभएको छ । य...
error: Content is protected !!