- संगालोखबर सम्वाददाता

धनकुटा, २ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै बुधबारदेखि पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटामा राजधानी तोक्न सरकारले आनाकानी गरेको भन्दै आमहड्ताल घोषणा गरिएको हो ।

मंगलबारसाँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म हड्ताल जारी राख्ने निर्णय गरेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार यातायात, बजारपसल, शिक्षणसस्था, उद्योगधन्दा, कलकारखाना लगायत सम्पुर्ण ठप्प पारिनेछ ।

Advertisement
फाईल तस्वीर: संगालोखबर

मोटरसाईकलसमेत गुड्न नदिने निर्णय भएको छ । तर, एम्वुलेन्स, प्रेस, दुध तथा तरकारी बोक्ने गाडी लगायत आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालनमा अवरोध नगरिने श्रेष्ठले बताएका छन् ।

सरकारले धनकुटाको शान्तिपुर्ण आन्दोलनलाई वेवास्ता गरेको भन्दै आन्दोलनलाई थप शसक्त बनाउँने निर्णय भएको हो । धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले बिगत ५ साता यता निरन्तर आन्दोलन गर्दै आएका छन् ।

सरकारले अस्थायी राजधानीको खाकामा बिराटनगरको नाम उल्लेख गरेको समाचार सार्वजनिक भएपछि बिरोध जनाउँदै यसअघि ६ दिनसम्म आमहड्ताल गरिएको थियो । तर, सरकारले तत्काल राजधानी नतोक्ने संकेत गरेपछि आन्दोलन परिमार्जन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!