- संगालोखबर सम्वाददाता

धनकुटा, ३० पुस । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा बसन्त पञ्चमी मेला लाग्ने भएको छ । वसन्त पञ्चमीको अवसर पारेर जीतपुर बजार ब्यवस्थापन समिति र गाउँ खेलकुद विकास समितिले माघ ६ देखि ८ गतेसम्म तीन दिने मेला आयोजना गरेको हो ।

मेलामा साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, कृषि मेला प्रदर्शनी, भलिवल प्रतियोगिता लगायत हुने कार्यक्रम संयोजक कुसुम तुम्वाले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार मेलाको बिशेष आकर्षणको रुपमा ७ जना चर्चित कलाकारको साथमा ७ र ८ गते साँस्कृतिक कार्यक्रम गरिनेछ ।

गतबर्ष जीतपुर बजारमा लागेको बसन्त पञ्चमी मेला । फाईल तस्वीर: संगालोखबर

साँस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार ताराप्रकाश लिम्बु, साजन राई, उज्वल थेवे, गायक असोक प्यासीराई, अमर जंग राई, गायिका जशोदा सुब्बा, हास्य कलाकार भरतमणी पौडेल लगायत आउँदैछन् । त्यस्तै लक्ष्मी डान्स सेन्टर ईटहरी र स्थानीय कलाकारको नृत्य प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।

मेलाकै अवसर पारेर माघ १ गते देखि जीतपुर बजारमा रमाईलो खेलहरु सुरु गरिनेछ । ४ देखि ७ गतेसम्म भलिवल प्रतियोगिता र ६ देखि ८ गतेसम्म कृषि मेला प्रदर्शनी हुँनेछ । त्यस्तै ७ गते स्थानीय लोक नृत्य प्रतियोगिता हुँने कार्यक्रम संयोजक तुम्वाले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!