- संगालोखबर सम्वाददाता

धनकुटा, ३ माघ। धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आजदेखि पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आमहड्ताल आवहन गरिएको हो ।

आमहड्तालका कारण यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना, शिक्षणसस्था लगायत ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बिहानैदेखि लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन भएका छैनन् । सयौंको संख्यामा बन्दकर्ता सडकमा निश्किएर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । जिरोपईन्ट, आत्मारा ढाट, सरस्वती चौक लगायत स्थानमा ढाट राखेर कोशी राजमार्ग अवरुद्ध गरिएको छ । बन्दकर्ताले मोटरसाईकलसमेत गुड्न दिएका छैनन् ।

Advertisement

धनकुटा बजार, हिले, पाख्रीवास लगायत बजार पनि बिहानैदेखि ठप्प छन् । शैक्षिक सस्था पनि खुलेका छैनन् । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै बिगत पाँच साता यता निरन्तर प्रदर्शन भईरहेको छ । यसअघि पनि ६ दिनसम्म आमहड्ताल गरिएको थियो । सरकारले धनकुटाको शान्तिपुर्ण आन्दोलनलाई वेवास्ता गरेको भन्दै आन्दोलनलाई शसक्त पारिएको आन्दोलन परिचालन समितिले जनाएको छ ।

प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटालाई राजधानी घोषणा नगरिएसम्म आन्दोलन जारी राख्ने बताईएको छ । पर्याप्त भौतिक पूर्वाधार, १४ वटै जिल्लाको केन्द्रभागमा पर्ने, मजवुत सुरक्षा ब्यवस्था, उपयुक्त हावापानी लगायत कारणले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!