संगालोखबर सम्वाददाता

धनकुटा, १ माघ । धनकुटामा माघ अन्तिमदेखि धनकुटा महोत्सव तथा १ नम्बर प्रदेश स्तरीय औधोगिक प्रदर्शनी तथा ब्यापार मेला हुँने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा माघ २९ देखि फागुन १० गतेसम्म महोत्सव तथा औधोगिक प्रदर्शनी तथा ब्यापार मेला गर्ने निर्णय भएको हो ।

महोत्सवका लागि उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै १४ वटा उप–समिति पनि बनाईएको छ । ठेगनाथ घिमिरेको संयोजकत्वमा अनुगमन तथा मुल्याकंन समिति, सन्तोष तामाङ (रुकमान) को संयोजत्वमा समन्वय समिति, सिताराम श्रेष्ठको संयोजकत्वमा प्रायोजन व्यवस्थापन समिति निर्माण गरिएको छ ।

Advertisement

त्यस्तै अतिथि सत्कार, स्वागत, मञ्च व्यस्थापनमा तारा तितुङ, सर्मिला राई, कुसुम राना, दुर्गा अधिकारी, विष्णु माया कङदङ्गवा क्रमश संयोजक छन् ।

२०७१ मा भएको धनकुटा महोत्सव । फाईल तस्वीर

रोशन श्रेष्ठ र राम गोङ्वाको संयोजकत्वमा बाल उद्यान तथा स्टल समिति, रोशेष श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, शैलेसमान श्रेष्ठको संयोजकत्वमा प्रदर्शनी सामाग्री व्यवस्थापन समिति, बिजय सन्तोषी राईको संयोजकत्वमा प्रचार प्रसार तथा सम्मान छनौट समिति बनाईएको छ ।

यता विकास घिमिरेको संयोजकत्वमा कलाकार व्यवस्थापन समिति, रुपेश श्रेष्ठ र दिनेश राईको संयोजकत्वमा स्वयंसेवक तथा टिकट ब्यवस्थापन समिति, राम गोङ्वाको संयोजकत्वमा साउण्ड सिस्टम ब्यवस्थापन समिति र खगेन्द्र बिष्टको संयोजकत्वमा सरसफाई तथा खानेपानी व्यवस्थापन समिति निर्माण गरिएको उद्योग बाणिज्य संघका कार्यालय प्रमुख तथा सदस्य सचिव जयन्द्र प्रधानले जानकारी दिए ।

उनका अनुसार महोत्सवलाई सब्य र भब्य रुपमा सम्पन्न गर्नका लागि सवै समितिले सक्रियताका साथ तयारी थाल्ने निर्णय भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!