- संगालोखबर सम्वाददाता

धनकुटा, १ माघ । मकर संक्रान्तिको अवसरमा आज धनकुटाका विभिन्न स्थानमा विशेष मेला लागेको छ । भीरगाउँको मधुगंगा, बाघे खोला स्थित धर्मगंगा, लेगुवाको राम बजार स्थित अरुण नदी किनार लगायत स्थानमा मेला लागेको छ ।

मुलघाटस्थित तमोर नदीमा मकर स्नान गर्नेको बिहानैदेखि घुईचो छ । नदीमा स्नान गरेर विश्रान्ति मन्दिरमा पूजा गर्ने चलन रहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए ।

Advertisement

यसैगरी धनकुटा–६ को बाघे खोलास्थित धर्मगंगा तथा कैलाशनाथ मन्दिरमा पूजा गर्नेको बिहानैदेखि उल्लेख्य भींड छ । माघे संक्रान्तिका दिन सो स्थानमा प्रत्येक वर्ष मेला लाग्दै आएको छ ।

यता लेगुवाको राम बजार स्थित अरुण नदी किनारमा मकर मेलाको रौनक छ । अरुण नदीमा बिहानै देखि मकर नुहाउँनेको भीड लागेको स्थानीय ब्यवसायी तेज प्रसाद पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । प्रत्येक वर्ष माघे संक्रान्तिको दिन उक्त स्थानमा मेला लाग्दै आएको छ ।

भीरगाउँको मधुगंगामा पनि मकर मेला लागेको स्थानीयबासी एवं सञ्चारकर्मी इश्वर थापाले बताएका छन् । यस्तै चौबिसे गाउँपालिका–५ स्थित हंसमोरङ त्रिवेणीमा पनि मेला लागेको छ ।

स्थानीय गोपिकृष्ण भण्डारीका अनुसार छरुवा, तेलिया र तमोरको संगमस्थल त्रिवेणीमा नुहाएर स्थानीय शिवालय मन्दिरमा पूजा गर्ने चलन छ । महालक्ष्मी नगरपालिकास्थित जीतपुरमा पनि आजदेखि मकर मेला तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!