पथरी, मोरङ, १ माघ।  साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ ।

झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिनुभयो ।

Advertisement

अधिकारीका अनुसार रु एक करोड ७५ लाखमा सो ४९९ टहरा निर्माण भएका हुन् । उहाँले मोर¬ङका केही टहराको निर्माण कार्य पूरा हुन बाँकी रहेकाले निर्माण सम्पन्न भएपछि सम्बन्धीत महानगर र नगरपालिकामार्फत बाढीपीडितलाई चाँडै नै हस्तान्तरण गरिने बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “ संस्थाले टिनको छाना, बाँसको बिम, बाँसको खाँबा र झिक्राको टाटीको प्रयोग गरेर अस्थायी टहरा निर्माण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!