- संगालोखबर सम्वाददाता

धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । बजारबाट जुलुशसहित क्षेत्रीय प्रशासन पुगेका जिल्लाबासीले प्रहरीको सुरक्षा घेरा तोड्दै कार्यालयमा ताला लगाएका हुन् ।

कर्मचारीलाई कार्यालय बाहिर निकालेर तालाबन्दी गरिएको हो । तालाबन्दीका लागि प्रदेशसभाका सांसद निरन राई, ईन्द्रमणी पराजुली लगायतको नेतृत्वमा धनकुटेलीहरु क्षेत्रीय प्रशासन पुगेका थिए ।

Advertisement
क्षेत्रीय प्रशासनमा तालाबन्दी गरेर धर्नामा बसेका जिल्लाबासीहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

तालाबन्दी गर्न आन्दोलनकारी कार्यालय परिषरमा प्रवेश गर्ने क्रममा प्रहरीसँग झडपसमेत भएको थियो । झडपमा परी दुई जना प्रदर्शनकारी सामान्य घाईते भएका छन् । प्रहरीले सुरक्षाका लागि बोकेको ढाल प्रदर्शनकारीले फुटाएर फालेका छन् । झडपका कारण क्षेत्रीय प्रशासन कार्यालय परिषर तनावपूर्ण बनेको थियो ।

यसैवीच प्रदर्शनकारी फर्किएपछि अपरान्ह क्षेत्रीय प्रशासनको ताला खोलिएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् …

धनकुटामा आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, दुई घाईते, स्थिती तनावपूर्ण (भिडियोसहित)

 

धनकुटामा मोटरसाईकल तोडफोड

 

आमहड्तालले धनकुटाको जनजीवन प्रभावित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!