- संगालोखबर सम्वाददाता

धनकुटा, ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा मसाल जुलुश प्रदर्शन गरिएको छ । सरकारी निर्णय प्रति बिरोध जनाउँदै जुलुश प्रदर्शन गरिएको हो ।

भीमनारायण चौकबाट सुरु भएको मसाल जुलुश बीचबजार, परिचयमोड, हुलाकटोल हुँदै मदनचौकमा पुगेको थियो ।

Advertisement
धनकुटा बजारमा मसाल जुलुश प्रदर्शन गरिदै । तस्वीर : रबिन कटेल/संगालोखबर

सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद, धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर जस्ता नारा लगाउँदै मसाल जुलुश प्रदर्शन गरिएको हो ।

मसाल जुलुश पश्चात मदनचौकमा पनि सरकार बिरुद्ध करिव आधा घण्टासम्म नाराबाजी गर्दै प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा माग गरेका थिए ।

मसाल जुलुश पछि मदनचौकमा बिरोध प्रदर्शन गरिदै । तस्वीर : रबिन कटेल/संगालोखबर

प्रदर्शन पश्चात आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले सरकारले धनकुटाको मर्म विपरित गलत निर्णय गरेकाले निर्णय नसच्चिएसम्म शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यसैवीच सरकारको निर्णय बिरुद्ध धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि जलाईएको छ ।

प्रदर्शनको भिडियो हेर्नुहोस्…

यो पनि पढ्नुहोस् …

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, बिराटनगर मुकाम तोकेको बिरोधमा सरकार बिरुद्ध प्रदर्शन

 

धनकुटेलीद्धारा सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

 

धनकुटामा आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, दुई घाईते, स्थिती तनावपूर्ण (भिडियोसहित)

 

धनकुटामा मोटरसाईकल तोडफोड

 

आमहड्तालले धनकुटाको जनजीवन प्रभावित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!