- रबिन कटेल/संगालोखबर

धनकुटा, ४ माघ। धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप भएपछि आज बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ ।

सरस्वती चौक र मदनचौकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ । बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चौकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप भएको हो । शसस्त्र प्रहरीले आन्दोलनकारीमाथी लाठीचार्ज गरेको छ । आक्रोसित प्रदर्शनकारीले मदनचौकमा प्रहरीको गाडी फुटाएका छन् । प्रहरी प्रमुख सवार ना.१ झ १३१४ नम्बरको गाडी तोडफोड गरिएको हो । सोहीक्रममा दोहोरो झडप भएको छ ।
यसैवीच बन्दकर्ताले धनकुटामा तीनवटा मोटरसाईकल तोडफोड गरेका छन् ।

Advertisement

सरस्वती चौकमा को.२९ प ३७५४ र को.३२ प ४४०० नम्बर र यलम्बर चौकमा को.१८ प ७३९३ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो । सयौंको संख्यामा निश्किएका धनकुटाबासीले ठाउँ–ठाउँमा प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताहरुले लाठी, मुङ्ग्रासहित सडकमा प्रदर्शन जारी राखेका छन् । आन्दोलन आक्रामक बन्दै गएपछि बजारमा सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।

सरकारले बिराटनगरलाई अस्थायी मुकाम तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको थियो । राती मसाल जुलुश निकालेर सरकार बिरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ । प्रादेशिक राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटाबासीले अनिश्चितकालिन आमहड्ताल जारी राखेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!