भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण

भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण

भोजपुर, १० जेठ । नेपाल धितोपत्र बोर्डको आयोजनामा भोजपुरमा  पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा कार्क...
सुनसरीमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

सुनसरीमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

इनरुवा, १० जेठ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । अत्यधिक गर्मी भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वाेपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले आफ्ना बालबालिकाको हितमा ध्यान दिनका लागि विद्यालय प्रशासनल...
संगालोखबर समाचार प्रभाव : नगरपालिकाले पुर्‍यो सडकको ‘ज्यानमारा भ्वाङ्ग’

संगालोखबर समाचार प्रभाव : नगरपालिकाले पुर्‍यो सडकको ‘ज्यानमारा भ्वाङ्ग’

धनकुटा, ९ जेठ। सवारी आवतजावतमा समस्या र जोखिम हुनेगरी धनकुटा नगरपालिका–५ टुँडिखेल नजिक सडकमा परेको खाडल नगरपालिकाले बुधबार पुरेको छ । करिव एक साता अघि सडकमा भ्वाङ्ग परेर यातायात आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको थियो । तर, मर्मतमा ढिलाई भएको गुनासो आएपछि मंगलवार संगालोखबरले ‘धनकुटामा सडक भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित’ शिर्षकमा प्राथमिकताक...
अदालतमा गोरेको बयान सुरु, घटनाबारे नयाँ खुलासा हुने अनुमान

अदालतमा गोरेको बयान सुरु, घटनाबारे नयाँ खुलासा हुने अनुमान

काठमाडाैँ, ९ जेठ । मोरङ जिल्ला अदालतले ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ सँग बयान लिन सुरु छ । गोरेलाई मंगलबार साँझ जिल्ला अदालतमा  पेश गरिएको र बुधबारदेखि थुनछेक बयान सुरु गरिएको छ । जिल्ला अदालत मोरङले मंगबार ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्न आदेश गरेको थियो । ...
नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ। किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ । विभिन्न नक्कली कागजपत्र तयार गरी वडा कार्यालयका अध्यक्ष र सचिवलाई झुक्काएर उहाँले राज ...
इटहरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ भन्दा बढी घाईते

इटहरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ भन्दा बढी घाईते

इटहरी, ९ जेठ। सुनसरीको आँपगाछीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जनाभन्दा बढी घाईते भएका छन् । उदयपुरको गाईघाटबाट धरानतर्फ जाँदै गरेको ना.४ ख.४२५८ नम्बरको बस आँपगाछीमा दुर्घटना भएको हो । मृतकको पहिचान हुँन वाँकी छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । घाईतेहरूलाइ उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
पाख्रीवासका मृगौला पीडित पुलामीलाई आर्थिक सहयोग

पाख्रीवासका मृगौला पीडित पुलामीलाई आर्थिक सहयोग

धनकुटा, ९ जेठ । संभावित लेडिज जेसिज धनकुटाले मृगौला पीडित चुडामणि पुलामीलाई आर्थिक सहयोग गरेको छ । पाख्रीबास नगरपालिका–२ का ३४ वर्षीय पुलामीको उपचार सहयोगार्थ जेसिजको अगुवाईमा संकलन भएको ५ हजार २ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो । जेसिजको कार्यालयमा भएको कार्यक्रममा सस्थाकी अध्यक्ष प्रमिसा श्रेष्ठ र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले मनोज चाम्लिङ राईलाई र...
स्थानीय तहका कारण रित्तिँदै सदरमुकाम, भरिँदै गाउँ

स्थानीय तहका कारण रित्तिँदै सदरमुकाम, भरिँदै गाउँ

भोजपुर, ९ जेठ ।  सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ ।  संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन् । मानिसको चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय भने ओरालो लाग्दो क्रममा देखिएको छ । व्यवसायीले दैनिक गर्ने लाखौँको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम ग...
सामुदायिक बन उपभोक्ता महासंघ पाख्रीवासमा गौतम निर्वाचित, छथरजोरपाटीमा थापा

सामुदायिक बन उपभोक्ता महासंघ पाख्रीवासमा गौतम निर्वाचित, छथरजोरपाटीमा थापा

धनकुटा, ९ जेठ । सामुदायिक बन उपभोक्ता महासंघ पाख्रीवास नगर महासंघ र गाउँ महासंघ छथर जोरपाटीको अधिवेशन सम्पन्न भएको छ । पाख्रीवास नगर महासंघको प्रथम अधिवेशनबाट शान्तिराम गौतम अध्यक्षमा निर्वाचित भएका छन् । नव गठित समितिको उपाध्यक्षमा रबिन लिम्बुु, महासचिवमा हिरा पराजुली, सचिवमा खेमचन्द्र वस्ती र कोषाध्यक्षमा देवी घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा गंगाराम राई, दुर्गाबहादुर कार्की, त...
आगलागीमा चारलाख बराबरको क्षति

आगलागीमा चारलाख बराबरको क्षति

इनरुवा, ९ जेठ । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ । स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामान, जलेर नष्ट हुँदा रु चारला...
५० हजार घुससहित सुनसरीका जिल्ला शिक्षा अधिकारी पक्राउ

५० हजार घुससहित सुनसरीका जिल्ला शिक्षा अधिकारी पक्राउ

सुनसरी, ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियारको इटहरी स्थित क्षेत्रीय कार्यालयले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुस सहित  रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए । उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट ...
काजका कर्मचारीले संखुवासभामा स्वास्थ्य सेवा प्रभावित

काजका कर्मचारीले संखुवासभामा स्वास्थ्य सेवा प्रभावित

संखुवासभा, ९ जेठ । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् । सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल, खाँदबारीमा काजमा काम गर्दै आएका छन् । स्वास्थ्य विभागबाट डेढ वर्ष अघि नै सरुवा पत्र आएपनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका छजना कर्मचारी सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा काजमा काम गरिरहेका छन् । ...
नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता

खोटाङ, ९ जेठ ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत हुनुभएको छ । माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको हो । यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा...
गोरेलाई मोरङ अदालतमा उपस्थित गराइयो

गोरेलाई मोरङ अदालतमा उपस्थित गराइयो

काठमाडौं, ८ जेठ । ३८ क्विन्टल सुन तस्करीकाण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई  जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ  । मंगलबार बिहान पक्राउ गरिएको बताएको गृह मन्त्रालयको छानबिन टोलीले गोरेलाई मोरङ अदालतमा केहीबेर अघि उपस्थित गराएको हो । टोलीको अभियोगपत्रका मुख्य दोषी गोरेसँग लिइएको बयानलाई छानबिन टोलीले अदालतमा पेस गर्नेछ । करिब ३८ क्वीन्टल सुन तस्करी, सनम शाक्य हत...
गोरेलाई बिराटनगर पुर्‍याइयो

गोरेलाई बिराटनगर पुर्‍याइयो

काठमाडौं, ८ जेठ । करिब ३३ किलो सुन तस्करीको नाइके गोरेलाई आज नै विराटनगर  पुर्‍याइएको छ । गोरेलाई आजै मोरङ अदालतमा पेश गरिनेछ । साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज नै सार्वजनिक गरिएको थियो ।  गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई  सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या ...
भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर, ८ जेठ। खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३ हजार ४३ मेट्रिक टन मकै आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार घिमिरेले जानकारी गराउनुभयो । ...
धनकुटामा सडक भ्वाङ्ग परेपछि समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

धनकुटामा सडक भ्वाङ्ग परेपछि समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

धनकुटा, ८ जेठ । धनकुटा नगरपालिका–५ टुडिखेल नजिक व्यस्त वजारको विच सडकमा भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या भएको छ । सडकमा भ्वाङ्ग परेर दुर्घटनाको जोखिम बढेपनि मर्मतमा ढिलाई गरिएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । करिव एक साता अघि सडकको विच भागमा भ्वाङ्ग परेका कारण ठूला सवारी साधन आवतजावतमा समस्या छ । ओरालो सडकमा भ्वाङ्ग परेकाले मोटरसाईकल लगायत साना सवारीलाई दुर्घटनाको जोखिम बढी छ । सो स...
विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

काठमाडौं, ८ जेठ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । तर, अझैसम्म यो हटेको छैन । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले केही भनेको थिए...
भोजपुर-काठमाण्डौं हवाई सेवा बन्द हुँदा सर्वसाधरणलाई समस्या

भोजपुर-काठमाण्डौं हवाई सेवा बन्द हुँदा सर्वसाधरणलाई समस्या

भोजपुर, ८ जेठ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले जानकारी दिए। हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छ...
ईलाममा आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

ईलाममा आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

ईलाम, ८ जेठ।  ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् । ईलाम नगरपालिका ९ गोलखार्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् । घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला सम्पन्न

नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला सम्पन्न

विराटनगर, ८ जेठ । नेपाली काँग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ । पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई जागृत गर्नुपर्ने मुख्य उद्देश्यका साथ सो भेलाको आयोजना गरिएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति दिलीप पोखरेलको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका...
राजारानीमा खुल्यो नेपाल बङ्गलादेश बैंक

राजारानीमा खुल्यो नेपाल बङ्गलादेश बैंक

धनकुटा, ७ जेठ । नेपाल बङ्गलादेश बैंकले चौबिसे गाउँपालिकाको राजारानीमा शाखा बिस्तार गरेको छ । राजारानीमा सोमबार कार्यक्रम गरी बैंकको ७० औं शाखा उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाल र बैंकका सञ्चालक ईन्द्र बहादुर थापाले संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका हुन् । बैंकले कृषि, व्यापार, उद्यमी लगायतलाई...
‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई माथि ‘अन्याय’

‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई माथि ‘अन्याय’

काठमाडौं,  ७ जेठ । गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा धनकुटा एउटा मात्रै यस्तो जिल्ला हो, जहाँको स्थानीय तहमा एउटै पार्टीले विजय हालिस गर्यो । तत्कालिन एमालेले धनकुटाको सबै स्थानीय तहमा अन्य विपक्षीलाई ‘क्लिन स्वीप’ गर्यो । यही खुसीयालीमा स्थानीय तह निर्वाचनको सफलतापछि २४ असार २०७४ मा धनकुटामा आयोजित विजयसभामा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘स्थानीय तह निर्वाचन, २०७४ मा एम...
जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

सुरुङ्गा, झापा, ७ जेठ । झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुग्नुभएको थियो । जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिनुभएको थियो । ते¥ह वर्ष युगोस्लाभिया रहँदा उहाँले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याउनुभयो । जापान टिम अफ यङ ह्युम...
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

सुरुङ्गा, झापा, ७ जेठ । बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो । बिर्तामोड नगरपालिकाभित्रका आठवटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते ट्र्याक्टर र २० वटा समूहलाई मकै छोडा...
इटहरीमा आगलागीबाट तीन करोडको क्षति

इटहरीमा आगलागीबाट तीन करोडको क्षति

इटहरी, ७ जेठ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय इटहरीले आगो फैलिएपछि घटना थाहा भएको र तत्कालै इटहरी धरान इनरुवा र मोरङको सु्न्दरह...
कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

इनरुवा, ७ जेठ । अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भा...
धरानको बीपी प्रतिष्ठानमा बिरामीलाई सास्ती

धरानको बीपी प्रतिष्ठानमा बिरामीलाई सास्ती

इटहरी, ७ जेठ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनासो बढिरहेको पाइएको छ । विगत केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारणले सेवाग्राहीले आपत्कालीन जाँचको र...
झापामा वडाध्यक्षको घर नजिक बम बिस्फोट, दुई जना घाईते

झापामा वडाध्यक्षको घर नजिक बम बिस्फोट, दुई जना घाईते

झापा, ६ जेठ । झापाको दमक नगरपालिका ७ का वडाध्यक्ष भीम पौड्यालको घर नजिक आज बम विस्फोट भएको छ। विस्फोटमा परी बाटो हिँड्दै गरेका दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेमकुमारी राई रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। घाइते दुवै श्रीमान श्रीमती हुन्। घाइते दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। नेत्रविक...
लेक लागेर दुईको मृत्यु

लेक लागेर दुईको मृत्यु

सल्लेरी, सोलुखुम्बु, ६ जेठ । महाकुलुङ गाउँपालिका–१ मा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका– १० टाप्टिङका २९ वर्षीया पेमारिञ्ज शेर्पाको लेक लागेर आज मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरमार्फत उद्धार गरी तेन्जीङ हिलारी विमानस्थल लुक्ला पु¥याई आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको प्रहरी निरीक्षक एवं सूचना...
प्रदेश नम्बर १ को नाम ‘किरात राज्य’ हुन सक्ने मुख्यमन्त्रीको संकेत

प्रदेश नम्बर १ को नाम ‘किरात राज्य’ हुन सक्ने मुख्यमन्त्रीको संकेत

सुनसरी, ६ जेठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम किरात राज्य हुन सक्ने संकेत गर्नु भएको छ । तथ्य तर्क र ऐतिहासिक आधारहरु भएका कारण पनि प्रदेश १ नाम किरात हुँदा कसैले आपत्ति मान्न नहुने मुख्यमन्त्री राईको तर्क थियो । धरान १७ स्थित साकेला पार्कमा शनिबार आयोजित साकेलाको समापन कार्यक्रममा मुख्य मन्त्री राईले किरात राई यायोख्खाले अघि सारेको किरात प्रदेशको प्रस्तावमा प्रशस्तै आ...
error: Content is protected !!