डा केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव
इलाम, ३ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा यहाँ आएको विशेषज्ञ टोलीले डा केसीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताएको छ । नौ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीलाई विभिन्न रोगले च्याप्दै गरेको भन्दै अस्पतालमा सघन उपचार कक्ष (इ...































