सोलुखुम्बुमा वन जोगाउन ग्यास र चुलो

सोलुखुम्बुमा वन जोगाउन ग्यास र चुलो

सोलुखुम्बु, ३ माघ । जिल्लामै पहिलो पटक सामुदायिक वन जोगाउने उद्देश्यले ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय उपभोक्तालाई ती सामग्री वितरण गरेको हो । छयालीस घरधुरी उपभोक्तालाई निःशुल्क सिलिण्डर र सशुल्क चुलो वितरण गरिएको वन उपभोक्ता समितिका उपाअध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । “पछिल्लो समय वनजङ्गल मासिँदै गएको छ,” उपाध्य...
अरुण नदीमा जलयात्रा शुरु

अरुण नदीमा जलयात्रा शुरु

सङ्खुवासभा, ३ माघ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक गत शुक्रबारदेखि जलयात्रा शुरु गरिएको छ । सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा सङ्खुवासभाको अरुण उपत्यका र बालेश्वर समेतलाई राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी जलयात्रा सञ्चालन गरिएको अरुण मकालु रिभर साइडका सञ्चालक राजकुमार घिमिरेले ज...
उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धकलाई अभिनन्दन

उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धकलाई अभिनन्दन

गाईघाट, ३ माघ । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिएको छ । महाप्रबन्धक हुँदा पौडेलले सिमेन्ट उद्योगमा व्यापक सुधार ल्याएर शतप्रतिशत सिमेन्ट उत्पादन गर्न सफल भएको भन्दै बुधबार उदयपुरको जलजले तथा देउरीका स्थानीयवासीले नागरिक अभिनन्दन गरेको जलजलेका समा...
संखुवासभामा मृगको छालासहित एक जना पक्राउ

संखुवासभामा मृगको छालासहित एक जना पक्राउ

  संखुवासभा, ३ माघ । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ लुम्ङदियाबाट मृगको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी ताम्कुबाट खटिएको प्रहरी टोलीले स्थानीय उत्तम कुमार राईको घरमा खान तलासी गर्ने क्रममा मृगको छाला फेला परेको हो । घरको पूर्वपट्टी टिनको छाप्रोमा लुकाएर राखिएको अवस्थामा एक थान मृगको छाला बरामद भएको प्रहरीले जनाएको छ । मृगको छाला बरामद भ...
डुब्दै अलैँची किसान

डुब्दै अलैँची किसान

ताप्लेजुङ, ३ माघ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी थपेर उहाँले अलैँची खेती विस्तार पनि गर्नुभयो । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिनुभएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिनुभयो । बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैँची ल...
उर्लाबारीको नमूना बालगृहलाई डेढ लाख सहयोग

उर्लाबारीको नमूना बालगृहलाई डेढ लाख सहयोग

उर्लाबारी, ३ माघ । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई आज उर्लाबारी परिवार हङकङले रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । उर्लाबारी नगरपालिका– ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी परिवार हङकङका निवर्तमान अध्यक्ष विकास सुब्बा र सल्लाहकार पूर्ण वाइबाले संयुक्तरुपमा बालगृहका अध्यक्ष मीना बराललाई सो रकम हस्तान्तरण गर्नुभयो । भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराएको अध्यक्ष सुब्बाले बताउनु...
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुनः सञ्चालन

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुनः सञ्चालन

सप्तरी, ३ माघ ।उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । अस्पताल प्रशासन, प्रदर्शनकारी र मृतकका परिवारबीच त्रिपक्षीय सहमतिपछि अस्पतालको सेवा पुनः सञ्चालनमा आएको अस्पतालका निमित्त प्रमुख डा रन्जित झाले जानकारी दिनुभयो । उपचारका क्रममा बुधबार छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका...
भोजपुरमा स्वेदन तथा पञ्चकर्म उपचार पद्धति

भोजपुरमा स्वेदन तथा पञ्चकर्म उपचार पद्धति

भोजपुर, ३ माघ  ।   यहाँ पहिलो पटक स्वेदन तथा पञ्चकर्म चिकित्सा अर्थात् हाडजोर्नी तथा नसासम्बन्धी उपचार पद्धति सञ्चालनमा आएको छ । यस पद्धतिले औषधिसहित वाफको माध्यमबाट बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलीपकुमार झाले जानकारी दिनुभयो । यो उपचार पद्धति सञ्चालनमा ल्याइएपछि बिरामीलाई सेवा दिन सहज भएको उहाँको भनाइ छ । उपचार पद्धति उपकरणको बुधबार एक कार्यक्रमका बीच भोजपुर ...
पाँचथरको फिदिममा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

पाँचथरको फिदिममा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

हिलिहाङ, ३ माघ । मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका थिए । घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल...
लहानमा गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

लहानमा गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

लहान, ३ माघ । अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । घाइते हबल्दार यादवलाई उपचारका लागि व...
धनकुटालाई स्थायी राजधानी बनाउँन जुर्मुराए धनकुटेली, पुनः आन्दोलन चर्काइने

धनकुटालाई स्थायी राजधानी बनाउँन जुर्मुराए धनकुटेली, पुनः आन्दोलन चर्काइने

धनकुटा, २ माघ । धनकुटालाई प्रदेश नं. १ को स्थायी राजधानी बनाउन अव पुनः आन्दोलन थालिने भएको छ । धनकुटामा आज भएको सर्वपक्षीय भेला तथा अन्र्तक्रियाबाट यस्तो निष्कर्ष निकालिएको हो । कार्यक्रममा सहभागिहरुले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् । कार्यक्रममा नेकपाका नेता दुर्गा लिंखा, कांग्रेस सचिब विजयसन्तोषी राई, संघिय समाजवादी फोरमका सरोज आठपहरिया, पत्र...
झापामा ६५ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापामा ६५ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापा, २ माघ । झापामा ६५ बर्षीया बृद्धलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बृद्धालाई जबरजस्ती करणी गरेको भन्दै झापा गाउँपालिका–२ का १९ बर्षीय लक्ष्मण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । गएराति १० बजे बृद्धालाई जबरजस्तीकरणी गरेको बताईएको छ । घटनाको जानकारी पाएर ईलाका प्रहरी कार्यालय कुमोरखोदबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । घटनाको बिषयमा थप अनुसन्धान भई...
इलामको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिने

इलामको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिने

इलाम, २ माघ । इलामको माइजोगमाई गाउँपालिकास्थित प्याङको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माण गरिने भएको छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षे योजनाका साथ रू ५० लाखमा टावर निर्माण गरिने बताइएको छ । पर्यटकीयस्थलका रूपमा विकास हुदै रहेको उक्त क्षेत्रमा माइजोगमाई गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा टावर निर...
प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेदेखि हुने

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेदेखि हुने

विराटनगर, २ माघ । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो । प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदे...
खोटाङका सात विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सोलार जडान

खोटाङका सात विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सोलार जडान

खोटाङ, २ माघ । एेँसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि (एेँसेलुखर्क), माक्पा मावि (माक्पा), कालिका बालविकास मावि (राखा), कालिका मावि (बाकाचोल), शान्तोद्धय मावि (ज्यामिरे), सिम्ले मावि (जलेश्वरी) र शिशु मावि (महेश्वरी)मा सोलार प्यानेल जडान गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक स...
अदुवाको मूल्य बढेपछि इलामका कृषक हर्षित

अदुवाको मूल्य बढेपछि इलामका कृषक हर्षित

मङ्गलबारे, २ माघ । इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उहाँले थप्नुभयो, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।” ...
२१औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरि

२१औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरि

भद्रपुर, २ माघ । एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका उपप्रमुखलगायत सहभागी प्रभातफेरिमा ‘घटाऔँ भूक...
धनकुटाको छिन्ताङे भाषा सिक्दै विदेशी नागरिक

धनकुटाको छिन्ताङे भाषा सिक्दै विदेशी नागरिक

धनकुटा, २ माघ । मौलिक भाषा संरक्षण र अनुसन्धानमा सम्बन्धित जातजातिको उति ध्यान नगएको अवस्थामा सात समुद्र पारबाट आएका एक विदेशी भने यस कार्यमा जुटेका छन् । विदेशी मूलका नागरिक स्थानीयवासीसँग मौलिक भाषामा कुरा गरेको सुन्दा अचम्म लाग्ने गर्छ । उनी हुन्, दक्षिण अमेरीकी मुलुक चिलीका नागरिक २५ वर्षीय रोल्फ होट्स मोलिना । केही समयअघि नेपाल आएका उनी यति बेला धनकुटाको छिन्ताङमा त्यहाँको छिन्ताङे भाषाबार...
धनकुटामा गोरु जुधाई प्रतियोगिता, बिजेता बनेर चउरे गोरुले जित्यो १५ हजार पुरस्कार

धनकुटामा गोरु जुधाई प्रतियोगिता, बिजेता बनेर चउरे गोरुले जित्यो १५ हजार पुरस्कार

धनकुटा, १ माघ । मकर संक्रान्तिको अवसर पारेर धनकुटाको पाख्रीवास नगरपालिका–७ मुगामा मंगलबार गोरु जुधाई प्रतियोगिता गरिएको छ । पूर्वी नेपालमै पहिलो पटक भएको प्रतियोगितामा १५ हल गोरु जुधाईएको माघेसंक्रान्ति मेला आयोजक समितिले जनाएको छ । प्रतिस्प्रधामा ल्याईएका गोरुहरुलाई जित्दै पाख्रीवास–८ का महसुर राईको चउरे गोरु प्रथम भयो । प्रथम हुँने गोरुले १५ हजार पुरस्कार पाएको छ । पाख्रीवास नगरपालिकाका प्रमु...
भोजपुरमा २७० घरको पुनर्निर्माण सम्पन्न

भोजपुरमा २७० घरको पुनर्निर्माण सम्पन्न

भोजपुर, १ माघ । भोजपुरमा हालसम्म २७० घरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म २७० घरको मा पुनर्निर्माण सम्पन्न भएको हो । भूकम्पबाट पूर्ण क्षति भएका जिल्लाका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जनाएको छ । दुई हजार ५३६ जनाले द...
नोबेलले पाँच लाख मिनाहा गरेपछि बादल परिवारको हट्यो तनाव (भिडियोसहित)

नोबेलले पाँच लाख मिनाहा गरेपछि बादल परिवारको हट्यो तनाव (भिडियोसहित)

मोरङ, १ माघ । गरिबीका कारण उपचार गरेको पैसा तिर्न नसकेर संकटमा परेका मोरङको रंगेलीका वादल सरकारको उपचार वापतको रकम नोबेल अस्पतालले मिनाहा गरेको छ । उपचारका क्रममा लागेको ५ लाख ४३ हजार रकम मिनाहा भएपछि सरकार परिवार हर्षित छन् । गत कात्तिक १६ गते मोटरसाईकलको ठक्करबाट टाउकोमा गंभीर चोट लागेका ४५ बर्षीय वादल अढाई महिनादेखि नोबेल अस्पतालमा उपचाररत थिए । उपचार वापतको रकम भुक्तानी गर्न नसक्दा उनीहरुको...
इलाममा अनशनरत थापा अस्पताल भर्ना

इलाममा अनशनरत थापा अस्पताल भर्ना

इलाम, १ माघ ।  गत पुस २७ गते देखि आवरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पताल भर्ना गरिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहनुभएका थापालाई निमोनियाको सङ्क्रमण देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका डा विजेन्द्र शाहका अनुसार थापालाई निमोनिया...
छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन

छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन

विराटनगर, १ माघ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक(पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ८३ करोड ६२ लाख राजश्व सङ्कलन गरेको थियो । गएको वर्षको तुलनामा ४१.५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयल...
औद्योगिक प्रदर्शनी केन्द्रलाई चार करोड

औद्योगिक प्रदर्शनी केन्द्रलाई चार करोड

विराटनगर, १ माघ । विराटनगर महानगरपालिकाअन्तर्गत सत्यनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गामा आर्थिक, सामाजिक तथा धार्मिक कार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिने भएको छ । हालै सम्पन्न ‘विराट ट्रेड एक्सपो मेला –२०७५’ मा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योगपतिका माग बमोजिम उक्त स्थानको विकास र विस्तार गर्न सनुसरी–मोरङ औद्योगिक करिडोरमा उक्त केन्द्र न...
धनकुटाको नाम्जेमा माघे संक्रान्ति महोत्सवको रौनक

धनकुटाको नाम्जेमा माघे संक्रान्ति महोत्सवको रौनक

धनकुटा, १ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नाम्जेमा माघे संक्रान्ति महोत्सव सुरु भएको छ । कृषि, पर्यटन र भौगोलिक संस्कृतिको सम्मान आर्थिक समृद्धी र विकास साँगुरीगढी नाम्जे थुम्कीको पहिचान भन्ने नारासहित तीन दिने महोत्सव सुरु भएको हो । धनकुटामै पहिलो पटक नाम्जेमा सुरु भएको माघे संक्रान्ति महोत्सवको प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरे । साँगुरीगढी गाउँपालिका र स्थानीयस्तर...
इलामेली बुद्धिजीवीको दृष्टिमा अनशन ‘अनुचित’

इलामेली बुद्धिजीवीको दृष्टिमा अनशन ‘अनुचित’

इलाम, १ माघ । आमरण अनशनरत प्राडा गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उहाँको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’ को प्रदर्शन गर्न नहुनेमा जोड दिएका छन् । प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयकमा विगतका सहमति शतप्रतिशत समावेश हुनुपर्नेलगायत माग राखी त्रिवि शिक्षण अ...
धरानमा बालिका हत्यारालाई जन्मकैद

धरानमा बालिका हत्यारालाई जन्मकैद

धरान, १ माघ । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिनुभयो । जिल्ला अदालतका न्याया...
धनकुटामा सवारी चालकको आँखा परीक्षण (फोटो फिचरसहित)

धनकुटामा सवारी चालकको आँखा परीक्षण (फोटो फिचरसहित)

धनकुटा, ३० पुस । धनकुटामा सवारी चालकहरुको आँखा परीक्षण गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सवारी चालकको अाँखा परीक्षणसँगै सचेतनामुलक कार्यक्रम पनि गरिएको हो । अाँखा अस्पताल धनकुटासँग सहकार्य गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यक्रम गरेका हुन् । धनकुटाको जिरोपईन्ट स्थित कोशी लोकमार्गमा भएको कार्यक्रममा साना तथा ठुला दर्जनौ सवारी साधनका चालकको अाँखा...
भोजपुरमा सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

भोजपुरमा सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

भोजपुर, ३० पुस । सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् । यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी ...
संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

इलाम, ३० पुस । केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो । कार्यक्रममा राई जातिको साकेला नाच, लिम्बूको धान नाच र नेवार समुदायको लाखे नाचले पनि स्थान पायो । हिजोआज यहाँ हुने धेरै कार्यक्रममा स्थानीय वेशभूषा र संस्कृतिलाई मान्यता दिन थालिएको छ । कहीँ सङ्घ/संस्थाले त कहीँ स्थानीय सरका...
डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि अस्पताल भर्ना

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि अस्पताल भर्ना

 इलाम, ३० पुस । आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई सोमबार विहान अस्पताल लगिएको हो । डा. केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकहरको आग्रहमा अस्पताल लगिएको इलाममा रहेका डा. अभिशेकराज सिंहले जानकारी दिए ।
error: Content is protected !!