विराटनगर रोड रेसमा को-को भए विजयी ?
विराटनगर । संविधान दिवसको अवसर पारेर प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले आयोजना गरेको रोड रेस प्रतियोगितामा यु-१५ छात्रतर्फ उज्वल तुम्सिङ्ग र छात्रातर्फ अनिशा कार्की प्रथम हुनु भएका छन् ।
आज विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएर सोही स्थानमा सम्पन्न ३ किलोमिटर रोड रेसमा अन्य प्रतिस्पर्धीलाई पछि पर्दै उनीहरू विजयी भएका हुन् ।
यु-१५ छात्रतर्फ समिर राजवंशी द्वितीय र सनम आङदेम्बे तृतीय हुँदा ...































