कोशी प्रदेश स्तरीय खेल महोत्सव हुँदै

कोशी प्रदेश स्तरीय खेल महोत्सव हुँदै

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव-२०८१ आयोजना गर्ने भएको छ । आज बसेको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गतेसम्म खेल महोत्सव गर्ने निर्णय गरेको हो । सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए । महोत...
इन्टरनेशनल क्लबलाई जितपुर भलिबलको उपाधि

इन्टरनेशनल क्लबलाई जितपुर भलिबलको उपाधि

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका-७ जीतपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्टरनेशनलले जितेको छ । आज वसन्त पञ्चमीको अवसरमा जनता माध्यमिक बिद्यालयको खेलमैदानमा भएको खेलमा ग्लोबल युवा क्लबलाई हराउदै इन्टरनेशनल क्लबले उपाधि जितेको हो । स्थानीय विद्यालयसँगको खेलमा इन्टरनेशनलले ग्लोवललाई ३-२ को सेटले हराएको छ । भलिबल प्रतियोगिताको विजेता टिमले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ...
प्याब्सन स्पोर्ट्स मिट : एभरेष्ट स्कुल र पूर्वाञ्चल एकेडेमीलाई उपाधि

प्याब्सन स्पोर्ट्स मिट : एभरेष्ट स्कुल र पूर्वाञ्चल एकेडेमीलाई उपाधि

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैँचा नगरपालिका-६ दुलारीको पूर्वाञ्चल एकेडेमीले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राति सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ काश्य प्राप्त गर्दै उपाधि जितेको हो । यस्तै कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकेडे...
कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो सङ्घको आयोजनामा कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता विराटनगरमा सुरु भएको छ । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्‍घाटन गरेका हुन् । प्रतियोगिता भोलि सम्म सञ्चालन हुनेछ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ९ जिल्लाका एक सय २७ जना खेलाडीहरूले विभिन्न उमेर ...
प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

विराटनगर ।  १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा हिजोदेखि स्पोर्ट्स मिट सुरु भएको हो । स्पोर्ट्स मिटको उद्‌घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गरेका थिए । पहिलो दिन भएको लङजम छात्रतर्फको फाइलनमा बालप्रतिभा सेकेन्डरी स्कुलका आकाश राई प्रथम भए । त्यसैगरी जनक मेमोरियल स्कुलका जोसेफ चौधरी द...
हिसान फुटबल : छात्रतर्फ कान्तिपुर र छात्रातर्फ रेड स्टारलाई उपाधि

हिसान फुटबल : छात्रतर्फ कान्तिपुर र छात्रातर्फ रेड स्टारलाई उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय सङ्घ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताह अन्तरगत फुटबलमा दुई विद्यालयले उपाधि हात पारेका छन् । विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा छात्रतर्फ विराटनगरको कान्तिपुर माध्यमिक विद्यालय र छात्रातर्फ पथरी शनिश्चरेको रेड स्टार माध्यमिक विद्यालयले उपाधि जितेका हुन् । कान्तिपुरले फाइनलमा रेड स्टारलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । दोस्रो हापको १४ औं मि...
अन्तर्राष्ट्रिय करातेमा शिल्पा श्रेष्ठले जितिन् दुई स्वर्ण पदक

अन्तर्राष्ट्रिय करातेमा शिल्पा श्रेष्ठले जितिन् दुई स्वर्ण पदक

विराटनगर । भारतको विहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शिल्ला श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । १३ वर्षीया श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै दुई विधामा प्रतिस्पर्धा गरेर दुई स्वर्ण पदक जितेकी हुन् । प्रशिक्षक सागर राउतका अनुसार उनले जुनियर कुमुते विधाको ३५ किलो तौल समुह र काता विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।
माघ १० गतेदेखि हिसान मोरङको खेल सप्ताह 

माघ १० गतेदेखि हिसान मोरङको खेल सप्ताह 

विराटनगर । उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आगामी माघ १० गतेदेखि खेल सप्ताह आयोजना गर्ने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसानले खेल सप्ताहका बारेमा जानकारी गराएको हो । माघ १० गतेदेखि सुरु भएको खेल सप्ताह १६ गतेसम्म सञ्चालन हुने छ । गतवर्षबाट साबिकमा सञ्चालन गर्दै आएको बाहेक महिला फूटबल र कबड्डी थप गरेर गर्विलो सुरुवात गरिएको मोरङ हिसानका अध्यक्ष अमित ढकालले बताए । खेल सप...
बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो

बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर-१९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक मनोनयन गरेको छ । खेलकुद विकास बोर्डको २३ औं बैठकले प्रदिपकुमार भगत थारूलाई मनोनयन गरेको हो । बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको सदस्य पदमा विराटनगर-१९ का वडाध्यक्ष श्याम घिमिरे, राष्ट्रिय तेक्वान्दो संघका कोशी प्रदेश अध्यक्ष मनोज विक्रम शाह, अ...
अन्तर्राष्ट्रिय करातेमा इटहरीका आयुशलाई दुई स्वर्ण पदक

अन्तर्राष्ट्रिय करातेमा इटहरीका आयुशलाई दुई स्वर्ण पदक

विराटनगर । भारतको विहारमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सुनसरीको इटहरीका आयुश कटवालले दुई स्वर्ण पदक जितेका छन् । यू-१८ उमेर समूह र कुमुते विधाको ४५ किलो तौल समुहमा प्रतिस्पर्धा गरेर उनले दुई स्वर्ण पदक जितेका हुन् ।  नेपालको प्रतिनिधित्व गर्दै उमेर समूह र कुमुते विधामा प्रतिस्पर्धा गरेर उनले स्वर्ण पदक जितेका प्रशिक्षक सागर राउतले जानकारी दिए । 
नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

विराटनगर । आईसीसी यू-१९ महिला टी २० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाउन सक्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
खेलकुद महासङ्घ मोरङको अध्यक्षमा राय निर्वाचित

खेलकुद महासङ्घ मोरङको अध्यक्षमा राय निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासङ्घ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शीतल राय निर्वाचित भएका छन् । विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासङ्घको दोस्रो जिल्ला अधिवेशनबाट राय निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर (प्रभाकर) र नवीन थापा निर्वाचित भए । यसैगरी सचिवमा सागर केसी, सह-सचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर निर्वाचित हुँदा कोषाध्...
इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिपमा नेपाल प्रथम

इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिपमा नेपाल प्रथम

विराटनगर । १० औँ इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिप २०२५ मा नेपाल प्रथम भएको छ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा भएको प्रतियोगितामा भारतलाई हराउँदै नेपाल प्रथम भएको हो । प्रतियोगितामा भारतको हिमाचल, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ जना छात्र-छात्रा खेलाडीहरू समावेश थिए । नेपालको तर्फबाट विराटनगरका पाँच विद्यालयका ५६ जना छात्र-छात्रा खेलाडीहरू सहभागि थिए । विभिन्न उमेर ...
नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

धनकुटा । नेपाल प्रहरी रानी विराटनगरले दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको चौबिसे गाउँपालिकाको हंसमोरङमा त्रिवेणी खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई पराजित गर्दै प्रहरीले उपाधि जितेको हो । फाइनलमा प्रहरीले ट्रेनिङ सेन्टरलाई २६-२४, २५-२२ र २५-२३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । विजेता हुँदै नेपाल प्रहरी रानी विरा...
धनकुटाको राजारानीमा चौबिसे रनिङ कप फुटबल हुने

धनकुटाको राजारानीमा चौबिसे रनिङ कप फुटबल हुने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा खुला पुरुष तथा महिला छैटौँ रनिङ चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । आज आयोजक चौबिसे गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । चौबिसे गाउँपालिका-२, मुढेबास स्थित त्रिवेणी खेल मैदानमा आगामी माघ १ देखि ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा चौबिसे गाउँपालिका भित्रका पुरुष र महिलाको ८/८ टिमको सहभागी हु...
कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्ला स्थित खेलकुद संरचना तथा बोर्ड मातहत कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका खेलकुद संरचनाको अभिलेखन तयारीमा लागेको  बोर्डले तेह्रथुम पुगेर अनुगम गरेको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेका फुटबल मैदान र रङ्गशाला, निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समि...
चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर । पाँचथरको फिदिममा सञ्चालित फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ५-४ गोलअन्तरले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिम २/२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज...
ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङ । ताप्लेजुङमा माघेनी मेलाको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आठराई त्रिवेणी गाउँपालिका-४ चाँगेमा आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै पुस २५ गतेदेखि माघ १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । प्रतियोगिताको विजेता टो...
फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी एघारौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । न्यू रोड टिम (एनआरटी) लाई १–० गोलले हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । मच्छिन्द्रले भोलि चर्च ब्वाइज युनाइटेडसँग फाइनल खेल खेल्नेछ । मच्छिन्द्रका लागि खेलको १० औँ मिनेटमा दयानन्द इङलाबाङले गरेको गोल नै निर्णायक बनेको थियो । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद १० लाख ...
चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

पाँचथर । चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पाँचथर सदरमुकाम फिदिममा जारी गोल्डकपमा विराटनगर सिटी फुटबल क्लबलाई ७-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल पुगेको हो । चर्च ब्वाइजका समीर तामाङ र विदेशी खेलाडी अरमान्डले ह्याट्रिक गरे । यस्तै फोफोनाले एक गोल गरे । विराटनगरका लागि सुमन चौलागाईँले सान्त्वना गोल गरे । चर्च ब्वाइजले भोलि हुने पहिलो सेमिफाइनलमा आयो...
एबीले जित्यो विराटनगर फुटसल लिगको उपाधि

एबीले जित्यो विराटनगर फुटसल लिगको उपाधि

विराटनगर । एबी ५ एफसीले विराटनगरमा सम्पन्न विराटनगर फुटसल लिगको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा स्टार बोइज एफसीलाई ३-२ गोलले पराजित गर्दै एवीले उपाधि जितेको हो । खेलमा एबीले उत्कृष्ट प्रदर्शन गर्दै स्टार बोइज एफसीमाथि रोमाञ्चक जित निकाल्यो । उपाधिसँगै एबीले नगद ४० हजार हात पारेको छ भने उपविजेता स्टार बोइज एफसीले २० हजारमा चित्त बुझाएको छ । हिमेश पौडेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भ...
मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश

मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश

पाँचथर । काठमाडौंको मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न क्वाटरफाइनल चरणको दोस्रो खेलमा सुनसरीको न्यू स्टार क्लबलाई ६-२ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो । मच्छिन्द्र झापा-११ लाई हराएर क्वार्टरफाइनलमा पुगेको थियो । सुनसरी समुह ‘ख’ बाट वाई पाएर सिधै क्वार्टरफाइनलमा खेलेको हो । प्रतियोगिता पुस १५ गत...
फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो

फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो

पाँचथर । त्रिभुवन आर्मी क्लब पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । टाइब्रेकरमा आयोजक फिदिम स्पोर्टिङ क्लबसँग ४-२ गोल अन्तरले पराजित हुँदै विभागीय टोली घर फर्किएको हो । निर्धारित समयमा बराबरीमा टुङ्गिएको खेल टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका तर्फबाट आशिष चापागाईँ, विशाल दर्जी, राम वाजी र निरोज लिङ्देनले गोल गरेका थिए । आर्मीका निरज कुमार घिसिङ र सन्तोष केसीले गोल गरेपन...
विराटनगर फुटसल लिग : स्टार बोइज एफसी फाइनल प्रवेश

विराटनगर फुटसल लिग : स्टार बोइज एफसी फाइनल प्रवेश

विराटनगर । स्टार वोइज एफसी, विराटनगर फुटसल लिगको फाइनल प्रवेश गरेको छ । जेएनएल फुटसलमा आज भएको क्वालिफायर खेलमा अपटाउन एफसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै स्टार वोइजले फाइनलको यात्रा तय गरेको हो । क्वालिफायर खेलमा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । अब, स्टार बोइज एफसी फाइनल खेलमा उपाधिका लागि एबी ५ एफसीसँग भिड्नेछ । फाइनल खेल मंगलबार ६ बजेदेखि हुने आयोजकले जनाएको छ । फाइनल खेलबाट लिगको विजेत...
बुढासुब्वा गोल्डकपको २५ औँ संस्करण माघमा हुँदै

बुढासुब्वा गोल्डकपको २५ औँ संस्करण माघमा हुँदै

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गतेदेखि हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत आयोजक धरान फुटबल क्लबले प्रतियोगिता माघ १९ गतेदेखि २६ गतेसम्म हुने जनाएको हो । धरान उपमहानगरपालिका-१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लब सहभागी हुनेछन् । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भु...
फाल्गुनन्द गोल्डकप : मछिन्द्र क्लबसँग झापा ५-० गोल अन्तरले पराजित

फाल्गुनन्द गोल्डकप : मछिन्द्र क्लबसँग झापा ५-० गोल अन्तरले पराजित

पाँचथर । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपमा झापा ११ विरुद्ध मछिन्द्र क्लबले ५-० गोल अन्तरको जित निकालेको छ । खेलमा एकोहोरो हावी भएको मछिन्द्रले झापाविरुद्ध गोलको वर्षा गर्दै जित निकालेको हो । खेलमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको सामु झापा ११ निरिह देखिएको थियो । खेलको पहिलो हाफको १९ औ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले झापाविरुद्ध पहिलो गोल गरेका थिए । त्यसपछि उत्सव राईले अर्को गोल थपे । विजु भु...
विराटनगर फुटसल लिग : सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश

विराटनगर फुटसल लिग : सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश

विराटनगर । विराटनगर फुटसल लिगमा सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश गरेको छ । जेएनएल फुटसलमा जारी लिगका खेलहरूमा उत्कृष्ट प्रर्दशन गर्दै एबी ५ एफसी उपाधि नजिक पुगेको हो । उसले अपटाउन एफसीलाई ४-१ ले पराजित गरेको छ । लिगको दशौं तथा अन्तिम चरणका रोमाञ्चक खेलहरूमा एबी ५ एफसीले आफ्नो सानदार प्रदर्शनलाई कायमै राखेको छ । लिगमा विराटनगर स्पोर्ट्स एकेडेमीले स्टार ब्वाइज एफसीलाई ३-२ को फराकिलो अन...
जनकपुर बोल्ट्सले जित्यो एनपीएको उपाधि 

जनकपुर बोल्ट्सले जित्यो एनपीएको उपाधि 

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीए) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा ४ बल अगावै पुरा गरेको हो । 
हिमाली तोक्पेगोलाले जित्यो ताप्लेजुङमा सम्पन्न क्लब स्तरीय फुटबलको उपाधि  

हिमाली तोक्पेगोलाले जित्यो ताप्लेजुङमा सम्पन्न क्लब स्तरीय फुटबलको उपाधि  

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा थलङमा सम्पन्न क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि हिमाली तोक्पेगोला पापुङले जितेको छ । आज भएको फाइनल खेलमा यातायात व्यवसायी सङ्घ ताप्लेजुङलाई २–३ गोल अन्तरले हराउँदै पापुङले उपाधि जितेको हो । विजेता टोलीले एक लाख एक हजार एक सय ११ नगद र उपविजेताले ६१ हजार नगदसहित ट्रफी पाए । खेलकुद क्षेत्रको विकाससँगै मिक्वाखोला रहेको फुङ्फुङे झरनासह...
एशिया कप यू-१९ महिला क्रिकेटमा बङ्गलादेशसँग नेपाल पराजित

एशिया कप यू-१९ महिला क्रिकेटमा बङ्गलादेशसँग नेपाल पराजित

विराटनगर । यू-१९ एशिया कप क्रिकेटमा बङ्गलादेशसँग नेपाल पराजित भएको छ । आज भएको ‘सुपर-फोर’ को खेलमा बङ्गलादेशसँग नेपाल ९ विकेटले पराजित भएको हो । यो सँगै नेपालको फाइनल यात्रा समाप्त भएको छ । बङ्गलादेश भने फाइनलमा पुगेको छ । नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटाएको थियो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ...
कोशी खेलकुद बोर्डद्वारा खेल सङ्घ दर्ता सम्बन्धी मार्गनिर्देशन पारित

कोशी खेलकुद बोर्डद्वारा खेल सङ्घ दर्ता सम्बन्धी मार्गनिर्देशन पारित

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल सङ्घ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन २०८१ पारित गरेको छ । सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले मार्गनिर्देशन पारित गरेको हो । मार्गनिर्देशनले खेलकुद विकास बो...
error: Content is protected !!