विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालन
विराटनगर । विराटनगर-३ गोग्राहा चोकमा ‘फोर स्टार म्याट्रेस स्टुडियो’ सञ्चालनमा आएको छ । बेड तथा म्याट्रेसका विभिन्न उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको हो ।
स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका छन् । स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा निद्रालाई आरामदायी बनाउन उपयोगी उत्पादन उपलब्ध हुने सञ्च...






























