संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुबाट एक सय ७० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!