
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















