
विराटनगर । भारतको उत्तर प्रदेशको कानपुर देहात जिल्लामा सासू-ज्वाइँको विवाहको घटना चर्चामा आएको छ । उनीहरूले कोर्ट म्यारिजपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मामला चर्किएपछि नवविवाहित जोडी फरार भएका छन् । यो घटना कानपुर देहातको अकबरपुर थाना क्षेत्रको हो । सोसल मिडियामा ज्वाइँ र सासूको विवाहको पोस्ट भाइरल हुनासाथ परिवारका सदस्य र स्थानीय बासिन्दा चकित भएका छन् ।
भाइरल भिडियोमा दुवैले आफ्नो नयाँ सम्बन्धलाई स्वीकार गर्न र आशीर्वाद दिन अपिल गरेका छन् । समाचारमा उल्लेख भएअनुसार ज्वाइँ र सासूबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।
यस घटनापछि पीडित श्रीमती र परिवारका अन्य सदस्यहरू स्तब्ध छन् । दुवैको खोजी गर्ने र उनीहरूको बारेमा जानकारी लिने प्रयास भइरहेको बताइएको छ ।

संगालोखबर 

















