संगालोखबर


विराटनगर । गत वैशाख १ गतेदेखि यता देशका विभिन्न स्थानमा भएका विपद्का घटनामा परेर २१५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल ४ हजार ६ सय ८ वटा विपद्का घटना दर्ता भएका छन् ।

विपद्का कारण १५ जना अझै बेपत्ता हुँदा भने १ हजार ४ सय २२ जना घाइते भएका प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी घटनाहरूबाट ५ हजार ६ सय ३८ परिवार प्रभावित बनेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । १ हजार ९० वटा आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ ।

यस्तै सर्पदंशका ८९२ घटनामा ६३ जनाले ज्यान गुमाउँदा ८३७ जना घाइते भएका छन् । पहिरोका ८६२ घटनामा २४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता र ३५ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

यस अवधिमा बाढीका २३७ घटना हुँदा १८ जनाको मृत्यु, ४ जना बेपत्ता र १३ जना घाइते भएका छन् । भारी वर्षाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

यसैगरी हावाहुरीका ४८० घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् भने चट्याङका २३६ घटनामा २५ जनाको मृत्यु र १३२ जना घाइते भएका छन् । जंगली जनावरको आक्रमणका २५७ घटनामा १८ जनाको मृत्यु र १३६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!