राधाकृष्ण रथ यात्रामा हेलिकप्टरबाट पुष्पगुच्छा बर्साइने

राधाकृष्ण रथ यात्रामा हेलिकप्टरबाट पुष्पगुच्छा बर्साइने

विराटनगर । भदौ ११ गते मङ्गलबार विराटनगरमा निकालिने ५६ औं संस्करणको राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पगुच्छा बर्साउने तयारी गरिएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिले बिहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राको यस पटकको मुख्य आकर्षक हेलिकप्टरबाट पुष्पगुच्छा बर्साउने रहेको आयोजकले जनाएको छ । समितिका अध्यक्ष...
उदयपुरको कटारीमा एक पुरुष मृत अवस्थामा भेटिए

उदयपुरको कटारीमा एक पुरुष मृत अवस्थामा भेटिए

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजाबासमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । उक्त स्थानमा रहेको डम्पिङ साइटमा ताप्ली गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाई मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक सुभास राईका अनुसार बिहान भेटिएको शवको पहिचान हुन सकेको थिएन । उनका नाति पर्ने ३४ वर्षीय मीनबहादुर परियारले शवको पहिचान गरेका हुन् । स्थानीय बासिन...
धनकुटाबाट ट्रकमा ल्याइएको १४ क्विन्टल गाँजा धरानमा बरामद

धनकुटाबाट ट्रकमा ल्याइएको १४ क्विन्टल गाँजा धरानमा बरामद

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको छ । ट्रकमा राखेर ओसार्दै गरेको अवस्थामा आज बिहान गाँजा बरामद गरिएको हो । बरामद भएको गाँजा १ हजार ४२० किलो भएको प्रहरीले जनाएको छ । गाँजा ओसार्ने मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी ...
साफ च्याम्पियनसिपमा नेपाल र बङ्गलादेश भिड्दै

साफ च्याम्पियनसिपमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । पुरुष तर्फको २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । च्याम्पियनसिप अन्तर्गत समूह विजेताका लागि दुई टोली भिड्न लागेका हुन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल र बङ्गलादेश दुवै देशले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई पराजित गरेका थिए । नेपालले १–० र बङ्गलादेशले २–० ले पराजित गरेपछि श्रीलङ्का प्रतियोगिताबाट बाहिरिँदा, ...
सुनसरी र उदयपुरमा दुर्घटनाः दुई जनाको मृत्यु

सुनसरी र उदयपुरमा दुर्घटनाः दुई जनाको मृत्यु

सुनसरी । सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार भएका दुर्घटनामा मोटर साइकल चालक र ट्याक्टर चालकको मृत्यु भएको हो । सुनसरीको इनरुवा नगरपालिका–४ मा ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–२ का ५२ वर्षीय रमानन्द मेहताको मृत्यु भएको हो । ट्रक...
टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा हिजो सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधिसँग छलफल गरेको थियो । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम टिकटक सञ्चालन गर्न तयार रहेको भन्दै प...
धनकुटाको पुण्य माविका विद्यार्थीले बनाए रोबोटिक यन्त्र

धनकुटाको पुण्य माविका विद्यार्थीले बनाए रोबोटिक यन्त्र

धनकुटा । चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविमा अध्ययनरत विद्यार्थीले रोबोटिक यन्त्रहरु बनाएका छन् । कक्षा १२ को विभिन्न सङ्कायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सातजना विद्यार्थी र तीनजना प्रशिक्षकहरूको एक महिने प्रयासमा ती सामग्री बनाइएको हो । विद्यार्थीहरूले हातले नछोइ सेन्सरबाट बिर्को उघ्रने डस्टबिन र ब्लुटुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार, अफ्ट्रयाकल अभोइडिङ्ग कार बन...
उद्योग वाणिज्य महासङ्घ कोशी र बिहार इन्डष्ट्रिज एशोसिएसनले सहकार्य गर्ने

उद्योग वाणिज्य महासङ्घ कोशी र बिहार इन्डष्ट्रिज एशोसिएसनले सहकार्य गर्ने

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र भारतको बिहार इन्डष्ट्रिज एशोसिएसन पटनाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । महासङ्घका अध्यक्ष राजेन्द्र राउत र एशोसिएसनका अध्यक्ष केपीएस केसरीको उपस्थितिमा दुई संस्थाबीच भगिनी सम्बन्ध कायम गरिएको घोषणा गरिएको हो । महासङ्घ कोशीले यस प्रदेशमा उद्योग व्यवसाय मैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणक...
तेह्रथुममा पहिरोले विद्यालय भवन क्षतिग्रस्त, बिजुली अवरुद्ध

तेह्रथुममा पहिरोले विद्यालय भवन क्षतिग्रस्त, बिजुली अवरुद्ध

तेह्रथुम । अविरल वर्षापछि मङ्गलबार राति तेह्रथुमको फेदाप गाउँपालिका–४ मा पहिरो जाँदा विद्यादय भवनमा क्षति पुगेको छ । स्थानीय जालपादेवी आधारभूत विद्यालयको भवनमा क्षति पुगेको प्रहरीले जनाएको  छ । पहिरो खसेपछि विद्यालयका भवनहरू सहित अन्य संरचना जोखिममा परेको जनाइएको छ । पहिरोले स्थानीय दलबहादुर कार्कीको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । राति आएको ठूलो पानी र हावाहुरीले फेदाप गाउँपालिकामा ...
फरुवाले हानेर घाँटी छिनाइ हत्या गर्ने पक्राउ

फरुवाले हानेर घाँटी छिनाइ हत्या गर्ने पक्राउ

सुनसरी ।  सुनसरीको गढीमा फरुवा प्रहार गरी एकजनाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरेको छ । दुई दिनअघि गढी गाउँपालिका–२ थलाहाका ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो । टाउको र शरीर छुट्टिएको अवस्थामा उनको शव फेला परेको थियो । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ऋषिदेवले फरुवाले पटकपटक प्रहार गरी घाँटी छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्ध...
विराटनगरको सुधारगृहबाट भागेका दुई बालकको खोजी गर्दै प्रहरी

विराटनगरको सुधारगृहबाट भागेका दुई बालकको खोजी गर्दै प्रहरी

विराटनगर । विराटनगरको बाल सुधारगृहबाट दुईजना बालक फरार भएका छन् । फरक फरक मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका उनीहरू मङ्गलबार दिउँसो फरार भएका हुन् । विराटनगर–३ स्थित बाल सुधारगृहमा राखिएका उनीहरू सुनसरीका हुन् । सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुनसरीको कोशी गाउँपालिका–२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरिसकेको छ ।  यस्तै, बराहक्षेत्र नगरपालिका–१...
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

विराटनगर । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला एक...
दुई महिनाअघि स्थगित कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

दुई महिनाअघि स्थगित कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

विराटनगर । गत असार ८ गते बसेको तेह्रौँ बैठकपछि स्थगित भएको कोशी प्रदेशसभा बैठकको मिति तोकिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भदौ १४ गते शुक्रबार १ बजेका लागि बैठकको समय तोकेर सूचना जारी गरेका छन् । भदौ १८ गते मङ्गलबारका लागि बैठक आह्वान भएपनि त्यसलाई संशोधन गर्दै १४ गतेका लागि बैठक डाकिएको छ । दुई महिनाको अवधिसम्म बैठक बस्न सकेको थिएन । लामो समय बैठक नबस्दा दलहरूले प्रदेशसभा सचिवालयला...
विपद्का घटनामा १९३ जनाको मृत्यु

विपद्का घटनामा १९३ जनाको मृत्यु

विराटनगर ।  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी मङ्गलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९३ जनाको मृत्यु भएको हो ।...
पेस्तोलसहित एकजना पक्राउ

पेस्तोलसहित एकजना पक्राउ

झापा । झापामा अवैध कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन् । उनलाई एक थान अवैध कटुवा पेस्तोल सहित मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।  घरमा हतियार लुकाएर राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । घर खानतलासी गर्ने क्रममा कुखुराको खो...
स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा पक्राउ

स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ स्थित नागरिक आरोग्य केन्द्रका स्वास्थ्यकर्मीलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । पाँचखपन–२ का ४० वर्षीय भीषण जीमी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जीमीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य...
झापाको शिवसताक्षीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापाको शिवसताक्षीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । झापाको शिवसताक्षीमा एक पुरुषले खुकुरीले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका–८ शिवालय टोलका ४७ वर्षीय ओमप्रकाश अधिकारीले श्रीमती ४२ वर्षीया रञ्जना गौतम अधिकारीको गएराति हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका बढ्दै गएपछि श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट जानकारी भएको प्रहरीले उल्लेख गरेको छ । रञ्जनाको घटनास्थलमै मृत्यु भएको थियो । खुकुर...
एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

धनकुटा । एमाले जिल्ला कमिटी धनकुटाको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाइँलाई चयन गरिएको छ । यता, रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र स...
धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटा । जनता समाजवादी पार्टी केन्द्रिय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश ...
बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ

पाँचथर । बालिकालाई बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । सदरमुकाम फिदिम नगरपालिका–१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् । पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले जानकारी दिए । १५ वर्षीया बालिकालाई गत आइतबार राति बलात्कार गरेको आरोप उनीम...
ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । विभिन्न पक्षबाट टिकटकको प्रतिबन्ध हटाउन ‘दबाब’ बढेपछि सरकार लचिलो भएको हो ।  पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक प्रतिबन्ध लगाएकोप्रति धेरैले प्रशंसा गरे भने विरोध गर्नेको सङ्ख्या पनि उत्तिकै थियो ।  टिकटकका माध्यमबाट समाजमा अपाच्य ...
स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रो साता, कोशीका सात स्थानमा हुने

स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रो साता, कोशीका सात स्थानमा हुने

विराटनगर । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्ने तयारी गरेको हो । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ क...
विराटनगरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना 

विराटनगरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना 

विराटनगर । विराटनगर महानगरपालिका–४ नहर छेउमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । मुडुला कार्की कुलायन समाज अगाडी केही बेरअघि भएको दुर्घटनामा मोटरसाइकल चालक र स्कुटर चालक घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नोवेल अस्पताल लगिएको छ । घटनास्थलमा ट्राफिक प्रहरी पुगेर अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । 
जापानमा हुने करातेमा चारजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

जापानमा हुने करातेमा चारजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । जापानमा हुने वादोरियो कराते डो नवौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा चारजना नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनले प्रतिस्पर्धा गर्ने भएका हुन् । अगस्ट २४ र २५ तारिखका दिन जापानको राजधानी टोकियोमा प्रतियोगिता हुनेछ । खेलाडीसहित ६ जनाको टोलीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाह...
पौडी खेल्दा सिङ्घिया खोलामा डुबेर सिंहको मृत्यु

पौडी खेल्दा सिङ्घिया खोलामा डुबेर सिंहको मृत्यु

विराटनगर । पौडी खेल्ने क्रममा विराटनगरको सिङ्घिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोका १६ वर्षीय नितेश सिंह छन् । पौडी खेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको थियो । खोजीका क्रममा सिंह मृत अवस्थामा भेटिएका हुन् । पोष्टमार्टमपछि शव परिवारले बुझेको प्रहरीले जनाएको छ । घटनाक...
यस्ता हुन्छन् डेङ्गुका लक्षण, कसरी सुरक्षित रहने ?

यस्ता हुन्छन् डेङ्गुका लक्षण, कसरी सुरक्षित रहने ?

विराटनगर । पछिल्लो समय देशभर डेङ्गुको सङ्क्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार देशका ७४ जिल्लामा यसको सङ्क्रमण फैलिसकेको छ । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । यस्ता हुन्छन् मुख्य लक्षण डेङ्गुको सङ्क्रमण भएमा उच...
कोशी प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६३९ पुग्यो

कोशी प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६३९ पुग्यो

विराटनगर । डेङ्गु नेपालका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार सबैभन्दा बढी तनहुँमा फैलिएको छ ।  गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा १ हजार ४ सय ४८, बागमतीमा ९ सय २८, कोशीमा ६ सय ३९, लुम्बिनीमा ३ सय २८ जनामा डेङ्गु पुष्टि भएको छ । यसैगरी सुदूरपश्चिममा २ सय ९५, मधेशमा ६५ र कर्णाली प्र...
विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । विराटनगरमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ करेन्ट लागेर विराटनगर–१४ जतुवाकी ४२ वर्षीया सरितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । चापाकलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते उनको सवा ६ बजेतिर मृत्यु भएको हो । उपचारका लागि गोल्डेन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा

आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा

विराटनगर । नेवार समुदायले मनाउने गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित आज मुलुकभर मनाइँदैछ । नेवार समुदायको बसोबास रहेका स्थानहरूमा विशेष रुपमा गाईजात्रा मनाइन्छ । पूर्वका धनकुटा, सुनसरी, इलाम, मोरङलगायत जिल्लामा पनि यो पर्व मनाइन्छ । यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिकाले गाईजात्राको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा इटहरी उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक...
श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ । अध्ययनको सिलसिलामा ६ महिनाअघि विद्यार्थी भिसामा गएकी श्रेष्ठको दुई दिनअघि निधन भएको हो । उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनका फुपाजु होम श्रेष्ठले सोनुको हृदयघातका कारण निधन भएको जानकारी कोरियाबाट आएको बताए । इलाम–कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालमार्फत खबर आएको उ...
स्कुटी, मोबाइल र चप्पल पुलमा छाडेर कोशीमा हामफाले युवक

स्कुटी, मोबाइल र चप्पल पुलमा छाडेर कोशीमा हामफाले युवक

सुनसरी । कोशी नदीको चतरास्थित पुलबाट हामफालेर एकजना युवक बेपत्ता भएका छन् । उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सीमामा रहेको चतरा पुलबाट हाम फालेर आज अपराह्‍न ती युवक बेपत्ता भएका हुन् । महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार धरानबाट आएका अन्दाजी २६ वर्षीय सुनील साह पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । उनी को ९ प ९८६५ नम्बरको स्कुटर लिएर त्यहाँसम्म पुगेका थिए । धरान उपमह...
error: Content is protected !!