पत्रपत्रिका खबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६-०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ ।

Advertisement

यो अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी हो । ट्रक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्राहकबाट मात्र १५ अर्ब ५३ करोड ५८ लाख अर्थात यो कुल वक्यौताको ४८.२७ प्रतिशत हो । यसबाहेक सडक ३ अर्ब ५३ करोड ५९ लाख बाँकी छ । प्राधिकरणले विलिङ गरेपछि आम्दानीको रुपमा देखाउने भएकाले ठूलो रकम बक्यौता भएपनि नाफा भने धेरै सार्वजनिक गर्दै आएको छ । महालेखाका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७६-०७७ मा ११ अर्ब ६८ करोड रुपैयाँ खुद आम्दानी (नाफा) गरेको छ ।

जुन आव २०७५-०७६ मा ९ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । प्राधिकरणले असुल गर्नुपर्ने ट्रंक र डेडिकेटेडको महसुलका लागि आव २०७५-०७६ मा ६ अर्ब ३४ करोड रुपैयाँको बिजक अर्थात् बिल जारी नगरेकोमा सो रकममध्ये आव २०७६-०७७ मा २ अर्ब १५ करोडको बिल जारी गरेको छैन ।

आम्दानी, खर्च र नाफाको आधारमा विद्युत चुहावट लेखांकन गरिने नियमअनुसार महालेखा र प्राधिकरणको वित्तीय विवरण फरक परेकाले चुहावटको अंक पनि मिलेको छैन । महालेखाका अनुसार आव २०७५-०७६ मा १६.६२ प्रतिशत रहेको चुहावट आव २०७६-०७७ मा १५.९९ प्रतिशतमा कायम भएको छ । – काराेबार दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!