विराटनगर । प्रदेश १ मा पनि आजबाट कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरिएको छ । पहिलो चरणमा ३५ हजार ५७६ जना स्वास्थ्यकर्मी, कर्मचारी र सरफाईकर्मीलाई खोप लगाउँने लक्ष्यसहित खोप अभियान थालिएको हो । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास र बरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा खोप अभियान थालिएको छ ।

Advertisement

खोप अभियान शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिडविरुद्ध विजय प्राप्त गर्ने काम शुरु भएको बताए । उनले पहिलो चरणमा लक्षित वर्गलाई कोरोना खोप लगाएपछि सबै नागरिकलाई खोप लगाउँन सुरु गरिने जानकारी दिए ।

आज प्रदेश १ का ८ जिल्लाका १९ वटा केन्द्रबाट खोप लगाउँन सुरु गरिएको छ । विहिबार ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम शुरु हुनेछ । पहिलो दिन मोरङमा ५, सुनसरीमा ४, झापा तथा इलाममा ३/३ र अन्य जिल्लामा १/१ वटा केन्द्रबाट खोप लगाइदैछ । आज झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५ सय ६ जनालाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

कोभिडविरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका बरिष्ठ फिजिसिजन डा. सिग्देलले भ्याक्सीन सुरक्षित रहेकाले डराउनु नपर्ने दावी गरे । उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको जिकिर गरे । पहिलो खोप लगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिनासम्म सुरक्षित रहन सकिने डा. सिग्देल बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!