संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको राजारानीमा जारी दोस्रो चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको बिहिबारको क्वाटर फाइनल खेलमा बिजयी बन्दै राजारानी र बसन्तटार सेमिफाइनल प्रवेश गरेका छन् । राजारानी खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा कुरुलेतेनुपा-४ लाई ५-० गोल अन्तरले हराउँदै राजारानी सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै, चौथो क्वाटरफाइनल खेलमा वोधेलाई ३-२ गोल अन्तरले पराजित गर्दै बसन्तटारले सेमिफाइनलको यात्रा तय गरेको हो ।

Advertisement

अब, राजारानीले शुक्रबारको पहिलो सेमिफाइनल खेलमा मौनाबुधुकको सामना गर्ने रारा फुटबल क्लवका सचिव युवराज कटुवालले जानकारी दिए । वुधवार भएको उद्घाटन खेलमा चौबिसे-३ कुरुले तेनुपालाई ३-१ गोल अन्तरले पराजित गर्दै मौनाबुधुक सेमिफाइनल पुगेको हो । यता, शुक्रबार नै हुँने दोस्रो सेमिफाइनल खेलमा बसन्तटारले फाइनल प्रवेशका लागि मुढेवाससँग भिड्नेछ । क्वाटरफाइनलमा छ नं.वुधवारेलाई ३-० गोलले हराउँदै मुढेवास फाइनल प्रवेश गरेको हो ।

रारा फुटबल क्लवको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले वुधवारबाट प्रतियोगिता आयोजना गरेको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा चौबिसे गाउँपालिका क्षेत्रका ८ टिम सहभागि छन् । प्रतियोगिताको बिजेताले ५५ हजार, उप-विजेताले ३५ हजार र तृतीयले २० हजार नगद पुरस्कार पाउँने चौबिसे गाउँपालिका उपाध्यक्ष एवं खेलकुद विकास समिति अध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!