संगालोखबर सम्वाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले चार बर्षे कार्यकाल सकेर आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् । ३५ वर्षको बैंकिङ्ग करियरमा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको अनुभव बटुलेका भण्डारीले विहिबार जिम्मेवारीबाट अवकाश लिएका हुन् ।

Advertisement

बैंक सञ्चालक समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएकाले पदबाट विदा लिन चाहेको बताए । उनले नयाँ पिँढीलाई बैंकको सबल, सक्षम कार्यसम्पादन गर्न शुभकामना पनि दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृत भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी भएको कुमारी बैंकले जनाएको छ । उनको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले यही कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा फराकिलो बनाएको छ ।

यसैबीच, कुमारी बैंक संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनालाई २०७८ साउन १ गतेदेखि लागू हुने गरी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!